सुनको मूल्यमा आज फेरी नयाँ रेकर्ड


काठमाडौं– सुनचाँदीको भाउ आज मंगलबार पनि बढेको छ । बुधबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै आज तेजावी सुन पनि तोलामा १७ सय रुपैयाँले नै बढेर  प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यता, चाँदीको भाउ ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १९ हजार ३४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १८ हजार ७८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५ सय रुपैया तोकेको छ।
 

प्रतिक्रिया