जीएमईको सेवा विस्तार, विश्वभरबाट रेमिटेन्स ल्याउन टेरा पेसँग सम्झौता

काठमाडौ– रेमिट्यान्स सेवा प्रदायक कम्पनी जीएमई रेमिटेन्सले विश्वभरबाट नेपालमा रेमिटेन्स भित्राउनका लागि सेवा विस्तार गर्दै अघि बढेको छ । जीएमईले विश्वभर रहेका नेपालीलाई सेवा दिन बहुराष्ट्रिय कम्पनी टेरा पेसँग सम्झौता गरेको छ । टेरा पेको विश्वका अधिकांश मुलुकमा नेटवर्क रहेको छ ।

विश्वमा ख्यातिप्राप्त डिजिटल रेमिट्यान्स कम्पनी टेरा पे र जीएमई रेमिट प्रालीबीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको जीएमई. रेमिट प्रालिका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले बताए । सम्झौतामा जीएमईको तर्फबाट पौडेल र टेरा पेको तर्फबाट निर्देशक दिल्शाद राजबलीले हस्ताक्षर गरेका थिए ।
विश्वभर रहेका नेपालीले टेरा पेमार्फत नेपालमा पठाएको रकम जीएमई रेमिटका एजेन्टबाट भुक्तानी लिन सकिनेछ ।

प्रतिक्रिया