चर्चित कार्यक्रम सारङ्गी संसारको ३ सय भाग पुरा,राजु परियार र टिका सानुको दमदार दोहोरी

काठमाण्डौ । चर्चित कार्यक्रम सारङ्गी संसारको ३ सय भागमा पुरा भएको छ । नेपाली सांगीतिक क्षेत्रमा लाइभ दोहोरीमा निकै चर्चित रहेको सो कार्यक्रमले आफ्नो ३ सय औं भागमा राजु परियार र टिका सानुले निकै दमदार दोहोरी प्रस्तुत गरेका छन । 

आफुलाई यो स्थानसम्म आइपुग्नको लागि दर्शक स्रोताबाट प्राप्त सहयोगलाई सञ्चालक युनिटले आभार प्रकट गरेको छ । यो कार्यक्रम मार्फत धेरै नयाँ पुराना कलाकाहरुले चर्चामा आइरहेका छन । 

नेपाली सांगीतिक क्षेत्रमा यो कार्यक्रमले धेरै दर्शकको मन जित्दै गइरहेको छ । दर्शकको माया र सहयोगले यो कार्यक्रमले लामो समय निरन्तरता पाउने निमार्ण युनिटको अपेक्षा रहेको छ  । 

 

प्रतिक्रिया