लोकप्रिय गायिका शितल शर्माको संक्रियतामा संकलित सहयोग सामाग्री हस्तान्तरण

शर्माले ढोरपाटनमा बाढीले क्षति पुराएपछि विभिन्न संघ संस्था, स्वदेश विदेशमा रहेका नागरिकहरुसँग आर्थिक संकलन गर्दै आएकी थिन् । आर्थिक अभियानबाट संकलन भएको रकम पीडित परिवार समक्ष पुगेर हस्तान्तरण गरेको उनको भनाई छ ।

‘बाढीले धेरै क्षति पु¥याएको छ, धेरै जनता सडकमा बस्न बाध्य हुनुभएको छ, होकी भोकै हुनुहुन्छ,’ कलाकार शर्माले बागलुङ पोस्टलाई भनिन् ‘उहाँहरुको त्यो दुखमा थोरै भए पनि राहत पुगोस् भन्ने हिसाबले राहत दिएको हुँ ।’ बाढीले पूर्ण रुपमा घरक्षति भएका परिवारलाई जस्तापात समेत वितरण गरेको उनको भनाई छ ।

बाढीले बगाएर २२ जनाको मृत्यु भएको थियो भने १५ जना अझै वेपत्ता छन् । बाढीमा ३८ जनाको वेपत्ता भएको भनिए पनि एक जना बालिका ढोरपाटनमा सकुशल फेला परेकी छन् ।

बाढीले १३१ घरमा क्षति पु¥याएको ढोरपाटन नगरपालिकाले जनाएको छ । जसका ८० घर पूर्ण रुपमा ध्वँस्त भएका छन् भने ५१ घर आंशिक क्षति भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय