परदेशीको मन अमिलो बनाउने गीत “आउन पाइन यो सालनी म घर” लिएर आए हेमन्त

बहुप्रतिभाका धनि लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छाको दशै विशेष गीत आउन पाइन यो साल नि म घर भर्खर मात्र सार्वजनिक भएको छ ।

नेपालीहरुको महान पर्व विजयादशमीको पावन अवसरमा विदेशमा रहेका नेपाली दाजुभाई नेपाल आउन नपाउने कथालाई गीतले शब्द र संगीतमार्फत कलात्मक रुपले गीतमा उतारेको छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

हेमन्त कान्छा रसाईलीको लय तथा शब्द सिर्जना रहेको सो गीतमा हेमन्त कान्छा र सम्झना भण्डारीको आवाज रहेको छ । कान्छा र सुजता बस्यालको निर्देश रहेको सो गीतमा हेमन्त कान्छा,सुजता बस्याल,चmत्र साउद,शिशिर भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया