पि वि घायल र सम्झना भण्डारी पोखरा पुगेर बुने माया जाल – भिडियो सहित

विदेशमा रहेर पनि नेपाली गित संगीतमा निरन्तर माया गर्ने पिवि घायलको आवाज रहेको निकै उत्कृष्ट गीत भर्खर मात्र सार्वजनिक भएको छ । निकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतमा पिबि घायललाई आवाजमा सम्झना भण्डारीले साथ दिएकी छन ।

विदुर शर्माको शब्द सिर्जना रहेको सो गीतमा पिबि घायलको लय सिर्जना रहेको छ भने गीतले माया प्रेमलाई पोखराको बातावरण सँग जोडेको छ । गीतको अडियो र भिडियोको पक्ष निकै उत्कृष्ट रहेको छ

गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक घायलले गीत सुनेर सबैले राम्रो प्रतिक्रिया दिएको बताउनु भयो । गीतको म्युजिक भिडियो समेत दमदार बनेको छ । विमल अधिकारी र अञ्जली अधिकारीको अभिनय रहेको गीतलाई विमल अधिकारी आफैले निर्देशन गरेका छन । गीतलाई भावना म्युजिक सोलुसनले बजार ब्यवस्थापन गरेका छ ।

प्रतिक्रिया