स्मृतिको अभिनय देखेर दर्शकले मन थाम्न सकेनन्,न आइज न दशै न आइज न तिहारको चर्चा

जिरो लेवल बाट संर्घष गरेर निर्देशक जस्तो गरिमामय कामको जिम्मेवारी सम्म पुगेकी निर्देशक तथा मोडल स्मृति तिमिल्सीनाको दमदार अभिनय रहेको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ । गीत अत्यन्तै उत्कृष्ट र दमदार रहेको छ भने हेर्न थाले पछि दर्शकलाई अन्तिम सम्म बाँधेर राख्छ ।

एक गरिव परिवारलाई दशै तिहार आँउदा पर्ने पिडालाई गीतले कलात्मक रुपमा उठाएको छ । गीतलाई खुमन अधिकारी र सम्झना भण्डारीले आवाज दिएका छन भने लोकप्रिय सर्जक सुरेश रमण अधिकारीले गीतलाई मुटु छुने शब्द सिर्जना गरेका छन भने खुमन अधिकारीको लय सिर्जना रहेको छ ।

स्मृति तिमिल्सीनाको निर्देशन साथै उत्कृष्ट अभिनय समेत रहेको सो गीतमा सुरविर पण्डित, रमा थपलिया,खुमन अधिकारी,सम्झना भण्डारी र दिपक पाण्डेको अभिनय रहेको छ । सुरेश श्रेष्टको छायाङकन रहेको सो गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया