नवराज पन्त र कुलेन्द्र विश्वकर्मा फेरी दशै गीत मार्फत सँगै दर्शक माझ

डाँडै फुर्के सल्लो र सालको पातबाट जमेको जोडी हो कुलेन्द्र विश्वकर्मा र नवराज पन्तको । यो जोडीको संयुक्त कोशेली भने पछि दर्शक स्रोता पनि निकै उत्साहित हुने गर्दछन । यो पटक यहि जोडीले भर्खर मात्र नयाँ दशै विशेष गीत सार्वजनिक गरेका छन ।

नवराज पन्तको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा दशै आँउदा रमाउने मायालु जोडिको कथालाई गीतमा उठाएको छ । निकै उत्कृष्ट शब्द चयन र सोही अनुसारको लय सिर्जना रहेको गीतको अडियो र भिडियोका पक्ष दमदार रहेको छ ।

नवराज पन्तको शब्द सिर्जना रहेको सो गीतमा कुलेन्द्र विश्वकर्मा र पुर्णकला विसीको आवाज रहेको छ भने नवराज चापागाइले गीतको लय सिर्जना गरेका छन । गीतको म्युजिक भिडियो कुमार केसीले निर्देशन गरेका छन भने रिना थापा,कमल सिँह,जुना गुरुङ र नवराज चापागाँइको अभिनय रहेको छ

गीत सार्वजनिक भए पछि आर्थिक सन्देश सँग कुरा गर्दै पन्तले आफ्नो सिर्जनालाई दर्शकले विगतमा जस्तै यो पटक पनि माया गर्नेमा आफु आशावादी रहेको बताउनु भयो ।

गीतको सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया