चिटिक्क परेकी सुशीला गौतमले पशुपतिलाई नजर लगाउन अनुरोध गर्दै ( भिडियो सहित)

काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिक/नजिक आइरहेको छ । यही पर्वलाई ध्यानमा राखी धेरै कलाकारहरुले तीज गीत सार्वजनिक गरिरहेका छन् । 

यसै बीचगायक पशुपति शर्मा र गायिका सुशिला गौतमको आवाजमा ‘एक नजर लाइदेउन माया’ बोलको तीज गीत सार्वजनिक भएको छ । 

 

शब्द गौतम आफैले लेखेको सो गीतमा लय भने शर्माले भरेका हुन् । बिनोद बाजुरालीले संगीत संयोजन गरेको गीतमा खडक बाजुरालीले मिक्सिङ एण्ड मास्टरिङको कला प्रस्तुत गरेका छन् । 

गीतको भिडियोलाई स्मृति तिमल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् । शर्मा र गौतमले अभिनय गरेको भिडियोलाई करन चैसिरले छायाँकन गरेका हुन् । 

 

प्रतिक्रिया