समिर प्रकाशसको सन्देश मुलक दशै गीत “दशै आयो”

सर्जक समिर प्रकाश पाण्डेले तीजमा सिर्जना गरेको एउटा गीतले आलोचना र चर्चा दुवै पायो । तर यो पटक भने उनले सबैको प्रशंसा गर्ने खालको सन्देशमुक दशै गीत लिएर आएका छन ।

नेपालीहरुको महान पर्व विजया दशमी आउन अझ एक महिना भन्दा धेरै समय बाँकी छ । तर कलाकारहरुले दशै विशेष गीतहरु भने धमाधम सार्वजनिक गरिरहेका छन । पाण्डेको पछिल्लो गीतमा लय सिर्जना तिलक बस्नेतको रहेको छ भने गीतमा तिलक बस्ने र कविता खत्रीको आवाज रहेको छ ।

गीतको म्युजिक भिडियो समेत उत्कृष्ट रहेको छ । गीतलाई सिर्जन बरालले निर्देशन गरेका छन । गीतको पुरै म्युजिक भिडियो तलबाट हेर्न सक्नुहुने छ

प्रतिक्रिया