काठमाण्डौ । हिजो भब्य रुपमा सम्पन्न भएको बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७८ मा उत्कृष्ट मोडलको उपाधि शिशिर पौडेल र सारिका केसीले जितेका छन ।
उपाधि पाएपछि आर्थिक सन्देशसँग खुसी व्यक्त गर्दै पौडेलले उपाधिले आफूलाई यो क्षेत्रमा अझ धेरै काम गर्ने प्रेणा मिलेको बताउनु भयो । केसी र पौडेलले गत वर्ष सार्वजनिक भएको लोकप्रिय गीत सनिसार बाट उत्कृष्टको उपाधि जितेका हुन ।
त्यस्तै गीतमा काम गर्ने अवसर दिने सम्पूर्ण अग्रज तथा टिमलाई समेत मोडल पौडेलले धन्यवाद व्यक्त गर्नुभएको छ ।