काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र यसले देशभर साधारणतया बदलीको अवस्था निम्त्याएको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार, आज दिउँसो पनि देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर बदली रहनेछ, र कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। महाशाखाले यी क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम बढ्न सक्ने चेतावनी दिँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।