दशैको बेला घरपरिवारलाई गायक समुन्द्र राज पौडेल र राजेन्द्र सापकोटाको सन्देश “जापानलेनी धोको पुरायो”

सुरिलो आवाजका धनि गायकहरु समुन्द्र राज पौडेल र राजेन्द्र सापकोटाको निकै मुटु छुने शब्द संगीत र आवाज रहेको नयाँ गीत जापानले नि धोको पुरायो भर्खर मात्र सार्वजनिक भएको छ ।

उनीहरुको गीतले धेरै नेपालीहरुको बास्तविकतालाई बोलेको छ । चर्को ब्याजमा रिण लिएर जापान जाने नेपालीहरुले भोग्ने बास्तविक पिडालाई उनीहरुको गीतले जस्ताको तस्तै उठाएको छ । गीतमा उत्कृष्ट शब्द प्रविण खत्री ठुलेले गरेका छन भने लय सिर्जना गायक राजेन्द्र सापकोटाको रहेको छ ।

गीतको म्युजिक भिडियोमा गायक समुन्द्र राज पौडेल,रमेश क्षेत्री,शिव केसी र कविता शर्माको अभिनय रहेको छ भने म्युजिक भिडियो निर्देशन सन्तोष सापकोटाले गरेका छन ।

प्रतिक्रिया