काठमाण्डौ । अभिनय मार्फत आफ्नो परिचय फराकिलो बनाउँदै गइरहेका चर्चित मोडल आशिर प्रताप जंगको अभिनय रहेको नयाँ गीत तिमी नै हो सुनको गजुर भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतले समाजिक विषयलाई निकै कलात्मक रुपमा गीत र भिडियोमा उठाएको छ । आशिरको अभिनयले गीत अझ दमदार बनेको छ । श्रीमतीको मृत्युपछि छोरा छोरीलाई बाबुले गरेको योगदानलाई गीतमा उठाउन खोजिएको छ ।
गीतमा प्रकाश दुतराज र ऋषि खड्काको आवाज रहेको छ भने गणेश अधिकारीले शब्द सिर्जना गरेका छन । त्यस्तै गीतको लय भने गायक ऋषि खड्काकै रहेको छ । गीतलाई आशिर आफैले निर्देशन गरेका हुन भने अभिनय भने समिर न्यौपाने,एलिना रायमाझी,सुष्मिता भण्डारी र सौगात पौडेलको अभिनय रहेको छ ।