अर्जुनले पोखे एक गरिब परिवारको बास्तविक पिडा आफ्नो गीत “ए दैव” मार्फत – भिडियो सहित

बुढो मान्छेको अभियन गरेर सबै माझ लोकप्रिय कलाकार अर्जुन कुँवरको एउटा मात्र परिचय छैन । उनले अत्यन्तै सुमधुर आवाजमा गीत समेत गाउछन त्यो पनि समसामयिक धेरै ।

उनी पितृ बुडाको दशै विशेष गीत ए दैव भर्खर मात्र सार्वजनिक भएको छ । एक गरिव परिवार भित्रको बास्तविक पिडालाई गीतको शब्द भिडियोमा कलात्मकरुपमा उठाइएको छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ भने गीतलाई लोकप्रिय सर्जक गणेश अधिकारीले लय तथा शब्द सिर्जना गरेका छन ।

अर्जुन बुँवर र सरिता शाहीको आवाज रहेको सो गीतको म्युजिक भिडियो निर्देशन स्मृति तिमिल्सीनाले गरेकी छन भने अञ्जली अधिकारी र आशिर प्रताप जंगले दमदार अभिनय गरेका छन ।

प्रतिक्रिया