राजेन्द्रले रुपालाई रुदै सन्देश पठाए “दशैको दिन सम्म भए पनि आँउछु पियारी घर”

लोकप्रिय सर्जक तथा कुशल गायक राजेन्द्र कँडेलको आवाज रहेको निकै मन छुने गीत अभागी परदेशी भर्खर मात्र सार्वजनिक भएको छ ।

नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ दिपावली आउन अझ एक महिना भन्दा धेरै समय बाँकी छ । कलाकारहरुलाई भने चाडपर्वले ढपक्कै छोपिसकेको छ । बजारमा धमाधम दशै विशेष गीतहरु सार्वजनिक भइरहेका छन ।

राजेन्द्र कँडेल र शान्ती श्री परियारको आवाज रहेको सो गीतमा विदेशमा रहेका नेपाली युवाको पिडा र दुखलाई कलात्मकरुपमा उठाइएको छ । गीतमा मुटु छुने शब्द भिशु भण्डारीले शब्द सिर्जना गरेका छन भने राजेन्द्र आफैले लय सिर्जना गरेका छन । गीतको म्युजिक भिडियोमा पनि निकै मेहनत गरिएको छ गीतलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन भने रुपा कँडेल र विकास लामिछानेले दमदार अभिनय गरेका छन ।

प्रतिक्रिया