• गृहपृष्ठ /
  • Breaking News ,
  • पूर्वाधार/यातायात ,
  • मुख्य खबर ,
  • समाचार

खुल्यो जग्गा कित्ताकाट

३ वर्षदेखि बन्द रहेको जग्गाको कित्ताकाट सरकारले खुलाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले गएको बिहीवार जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकी हुन् ।

यसअघि जग्गाको कित्ताकाट बढ्दै जाँदा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले कित्ताकाट बन्द गरेको थियो । मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन महाशाखाका अनुसार, २०७४ सालदेखि बन्द रहेको जग्गा कित्ताकाट खुल्ला भएको छ ।
भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्सा र डाटा तयार गरी पालिकालाई हस्तान्तरण भएपछि लागू हुने गरी अहिलेका लागि खण्डीकरण गर्न अनुमति दिइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया