राजनको चाडवाडमा सुन्दा सुन्दै आँसु खसेको पत्तै हुँदैन – भिडियो सहित

निकै कम सिर्जना सार्वजनिक गर्ने तर उत्कृष्ट सिर्जना मार्फत दर्शक स्रोताको मन जित्ने लोकप्रिय गायक तथा कुशल सर्जक राजन कार्कीको आवाजमा नयाँ गीत चाडवाडमा भर्खर मात्र सार्वजनिक भएको छ ।

उत्कृष्ट शब्द,सुमधुर लय तथा सोहि अनुसारको आवाज समेत रहेको गीतले टिकटकमा सबैको मन जितीरहेको छ भने पचास हजार भन्दा धेरैले यसको नक्कल गरेका छन । युृउटुवमा पनि गीतले दुई लाख भन्दा धेरै दर्शक बनाएको छ भने धेरै दर्शकको राम्रो भन्ने प्रतिक्रिया समेत पाएको छ ।

राजन कार्की,समिक्षा अधिकारी र निश्मा पोखरलेको आवाज रहेको सो गीतलाई मुटुछुने शब्द तथा लय भने सागर लामाले बनाएका हुन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतको संगीत संयोजक चर्चित संंगीत संयोजक तारानाथ आचार्यले गरेका छन ।

गीतको म्युजिक भिडियो निर्देशन नेत्र गुरुङले गरेका छन भने गीतमा राजन कार्की,शर्मिला अधिकारी लगायतका कलाकाहरुलाई देखि सकिन्छ ।

प्रतिक्रिया