विष्णु खत्रीको कारुणीक दशै गीत, जुन गीतले परदेशीको आँसु थामिदैन

विगत एक दशक यताको कुरा गर्ने हो भने दशै विशेष गीत भने पछि विष्णु खत्रीको नाम कसैले पनि छुटाउदैनन् । सुनको जलपले त यति चर्चा कमायो कि विष्णु खत्री र दशै गीत एक अर्काका परिपुरक जस्तै भए ।

उनै धौलागिरीका होनाहार गायक तथा सर्जक विष्णु खत्रीको यो बर्षको दशै विषेश गीत रिनै रिनको भर्खर मात्र सार्वजनिक भएको छ । गीतले नेपालीको पिडा र अहिलेको समयचक्रलाई जस्ताको तस्तै उतारेको छ । गीतको हरेक शब्दले नेपालीको मुटु घोच्छ ।

एक दुखी नेपाली जो प्रदेशमा छ र एक दुखि परिवार जो परदेशीको प्रतिक्षामा गाँउमा बाटो हेरी बसेको छ । यस्तै विषय गीतले उठाएको छ । गीत सार्वजनिक भएको केहि समय भित्रै गीत सबैको रोजाइमा परेको छ भने धेरैले असली दशै गीत भनेर प्रतिक्रिया समेत दिएका छन ।

गीतको म्युजिक भिडियोको पक्ष पनि निकै दमदार छ । पाका र अनुभवी निर्देशक कपिल लामाले गीतलाई निर्देशन गरेका छन भने गीतमा ओवि रायमाझी र सारिका केसीको उत्कृष्ट अभिनय रहेको छ ।

प्रतिक्रिया