नेप्से ९ दिन बन्द हुने

काठमाडौं - बिहीबार हरियाली सहित बन्द भएको नेप्सेलाई विजय दशमीको असर ९ दिन देखिने भएको छ।  

बिहीबार यो हप्ताको लागि अन्तिम कारोबार भएको बजारमा अब असोज २३ गते खुल्ने छ । 

नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा शनिबारदेखि सरकारले सार्वजनिक बिदा दिएको छ भने आउँदो १९ गते दशैंको टिका रहेको छ । 

विजयादशमीको टिका बुधबार दिउँसो ११.५१ मिनेटमा दशैंको टीकाको लागि शुभ साइत रहेको छ । 

हाम्रा सम्पूर्ण पाठकहरूलाई विजय दशमीको शुभकामना । 

प्रतिक्रिया