लाइसेन्स निकाल्ने तयारीमा हुनुहुन्छ ? यस्तो छ नयाँ ब्यवस्था

काठमाण्डौ । विगत ६ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ । 

यातायात व्यवस्था विभागले यही सातादेखि नयाँ आवेदन खुलाउने तयारी गरेको हो । विभागका प्रवक्ता लोकनाथ लोकनाथ भुसालले यो साताभित्र लाइसेन्सको नयाँ आवेदन खोल्ने बताए । उनले भने, ‘सकेसम्म अबको एक÷दुई दिनमा आवेदन खुल्छ । नत्र शुक्रबारसम्ममा खुल्छ ।’


कोरोना भाइरस महामारीका कारण वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण लाइसेन्सको आवेदन खुलेको छैन । निषेधाज्ञा अगाडी झण्डै ७ लाखले दिएको आवेदन सकेर मात्रै नयाँ आवेदन खोल्ने विभागले बताउँदै आएको थियो । तर, चौतर्फीरुपममा विरोध भएपछि पुरानो आवेदनको ट्रायल ९प्रयोगात्मक परीक्षा० नसकि नयाँ आवेदन खोल्न लागेको हो ।

प्रतिक्रिया