जापानबाट नेपाल आएका प्रेमलाई लिएर भट्टी छिरे राता मकै

काठमाण्डौ । जापानबाट छोटो समयका लागि नेपाल आएका लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटाले नेपाल बसाइको बेला आधा दर्जन भन्दा धेरै गीतमा आवाज दिए साथै ती गीतहरूमा भिडिओ समेत गरे । अहिले ती गीतहरू एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेका छन । 

फरक धारमा र विविध विषयमा गीत लेख्न सिपाली प्रेमले यो पटक भने सन्देशमूलक गीत लिएर आएका छन । धेरै रक्सी आएर घरपरिवार बिर्सने धेरैको कथालाई उनले पछिल्लो गीत जाँड पानीबाट उतारेका छन । गीत सुरुदेखि अन्तिम सम्म हेर्नेले यो गीतले सन्देश दिन खोजेको भाव पाउने छन । 

प्रेम सापकोटा सोनुको सिर्जना तथा उनकै आवाज रहेको सो गीतमा कृष्ण विकको संगीत संयोजन रहेको छ । गीत सार्वजनिक भएपछि आर्थिक सन्देशसँग कुरा गर्दै गायक सापकोटले फरक धारको गीतबाट आफूले समाजमा रहेको विकृतिलाई गीतमा उठाउन खोजेको प्रतिक्रिया दिनु भयो  । 

सापकोटाले आफ्नो पछिल्लो गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनाएका छन । गीतमा किरण केसी राता मकै,साया भण्डारी र एलिसा बास्तोलाको अभिनय रहेको छ । गतिलाई काजिश श्रेष्ठले निकै कलात्मक रुपमा निर्देशन गरेका छन । 


 

 

प्रतिक्रिया