काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा निकै लोकप्रिय सर्जक भित्र एकनारायण भण्डारीको नाम अग्रस्थानमा आउँछ । आधुनिक,लोक दुवै विधामा अब्बल सिर्जना गर्न सक्ने भण्डारीको भर्खर मात्र नयाँ लोकदोहोरी गीत "एउटै घैला दुई कुवामा" भर्खर मात्र सार्वजनिक भएको छ ।
सरल र उत्कृष्ट शब्द साथै सुमधुर लय सिर्जना रहेको गीतमा सुरेश सुन्दास एस के र रचना रिमालको आवाज रहेको छ । अडियो जस्तै गीतको भिडियो पनि निकै दमदार बनाइएको छ ।
पुष्प खड्का र सरिता घलेको अभिनय रहेको म्युजिक भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ । गीतलाई भण्डारीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।