एक लाख माथि कारोबार सुनको मूल्य

काठमाडौंँ - नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको हो । 

यसअघ मंगलबार सुन तोलामा १ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन तोलामा १ लाख ६ सय रुपैयाँमा कारोबार हुँदा चाँदी १४ सय रुपैयाँमा कारोबार भएको छ।   यसअघि मंगलबार चाँदीको तोलामा १३९० रुपैयाँ कायम थियो । 

प्रतिक्रिया