समाजवाद र बी.पी. स्मृति दिवस

सुमना तिम्सिना

प्रसंग आजभन्दा करिव २३ बर्ष अगाडिको हो । एक दिन म भन्दा सिनियर दिदीहरुले विद्यालयमा सल्लाह गर्दै गरेको मैले सुनें । उहाँहरु भन्दै हुनुहुन्थ्यो–‘ हामी आज टिफिन पछाडि नपढौँ ।’

मैले दिदीहरुलाई सोधें– किन नपढ्ने ? उहाँहरुले भन्नुभयो – ‘आज साउन ६ गते हो । महामानव बी.पी.कोईरालाको स्मृति दिवसमा कार्यक्रममा जानुपर्छ त्यसैले ।’

त्यतिबेलाम्म बी.पी.कोईराला को हुन् भन्ने मलाई थाहा थिएन । मेरो मनमा कौतुहलता जाग्यो अनी मैले उहाँहरुलाई सोधें । बी.पी.कोईराला को हुन् ? किन जाने कार्यक्रममा ? उहाँहरुले भन्नु भयो –‘बी.पी.प्रथम जननिर्वाचित प्रधानमन्त्रि हुन्, नेपाली कांग्रेसको संस्थापक, नेपाली कांग्रेसको सिद्धान्तका प्रतिपादक । साथै साहित्यकार पनि ।’

उहाँहरु मात्र किन कार्यक्रममा जाने त । अरु चाहिँ किन नजाने भनेर जिज्ञासा जाग्यो । पछि थापा पाएँ उहाँहरु नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघसंग आवद्ध हुनु हँुदो रहेछ । अनि बी.पी. स्मृति दिवस मनाउनु हुँदो रहेछ ।

मलाई आजको दिन अर्थात बी.पी स्मृति दिवसमा सधैं त्यही दिनको याद आइरहन्छ । त्यसपछि मैले बी.पी.कोईरालाको बारेमा सोधखोज गरेँ । उहाँको आत्मवृतान्त पनि पढे । उहाँ वहुप्रतिभाशाली दुरदर्शी राजनीतिज्ञ हुनुहुँदो रहेछ । राजनीतिक नेतामा हुनुपर्ने गुण । जनताको दुःखलाई आफ्नो दुःख सम्झेर जनताकालागि ठूलो योगदान दिनु भएको रहेछ । उहाँले नेपाली साहित्यमा पु¥याउनु भएको योगदान अतुलनीय छ । नेपाली साहित्यका मनोबैज्ञानिक यथार्थबादी धाराका प्रर्वतक पनि हुनुहुँदो रहेछ भन्ने मैले थाहा पाएँ र उहाँका कृतिहरु पनि अध्ययन गरेँ ।

उहाँको जीवनी र राजनैतिक यात्रा अध्ययन गरिसके पछि बी.पी.कोईरालाले प्रतिवादन गरेको प्रजातान्त्रिक समाजबादबाट प्रभावित भएँ । समाजवादको जगमा राजनैतिक स्वतन्त्रता र आर्थिक समनतासहित मुलुक रुपान्तरणको खाका कोर्नु भएको थियो । उहाँका विचारमा राजनैतिक, आर्थिक र सामाजिक दृष्टिले सबै मानिसहरु समान हुनु नै समाजबाद हो । समाजवादमा समाजका सदस्यहरुको आकांक्षा र आवश्यकताहरु समान हुन्छन् । समाजका सदस्यहरुको खान, लाउन पाउने र बस्न पाउने अधिकार समान छन् । उत्पादनका समस्त साधनहरुमा ब्यक्तिको अधिकार नभइ सम्पूर्ण समाजको अधिकार हुन्छ । बी.पी.कोइरालाको समाजबादमा राज्यले अत्यावश्यक आर्थिक सूचक र क्रियाकलापमा राज्यले सहयोग गर्नुपर्छ भनिएको छ । जुन निती तथा कार्यक्रमले गाउँका किसानको भलाई गर्छ त्यो नै समाजबाद हो भनेर प्रस्टसंग किटान गरिएको छ ।

बी.पी.को विचारमा ‘सबै नेपालीको एउटा सानो घर होस् । गरी खान पुग्ने खेतबारी होस् । एउटा दुहुने गाई होस् । छोराछोरी स्कुल पढ्न पाऊन् । स्वास्थ्य उपचार गर्न पाऊन् । यही नेपालको सन्दर्भमा समाजवाद हो । घर नेपालको संविधान २०७२ को आवासको हकसंग सम्वन्धित छ । केटाकेटीले पढ्न पाउन् भन्ने शिक्षाको अधिकार, त्यस्तैगरी विरामीले सिटामोल पाउन् भन्ने स्वास्थ्य उपचारको हकसंग सम्बन्धित छन् । यसबाट के प्रस्ट भन्न सकिन्छ कि वर्तमान संविधान समाजबाद उन्मुख छ । यसको जग नै बी.पी.ले प्रतिवादन गरेको समाजवादको सिद्धान्त भन्दा फरक पर्दैैन ।
आज साउन ६ गते बी.पी. कोइरालाको ३८औं स्मृति दिवस । आजको दिन समस्त प्रजातन्त्रमा विश्वास राख्ने, प्रजातान्त्रीकमूल्य र मान्यतामा अडिग रहने जो कोही ले पनि बी.पी.का विचारहरु र प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई नजिकबाट नियालेर हेर्नुपर्छ ।

आजसम्म पनि बी.पी. का विचार र सिद्धान्त उत्तिकै सान्र्दभिक छन्, महत्वपूर्ण छन् । नेपालको सन्र्दभमा समाजबाद कस्तो हुनुपर्छ त ? यस बिषयमा गहन रुपले छलफल गरेर समय सापेक्ष सूधार गर्दै अघि बढ्न सक्नु पर्दछ । जनताको जनजीविकाको सन्र्दभमा समाजवादको विषयमा बी.पी.को धारणा प्रष्ट थियो । हरेक ब्यक्तिको एउटा घर, एक हल गोरु ,एउटा दुहुनो गाई, कमाइ खाने खेतबारी सबैको पहँुचमा हुनपर्छ । आज बी.पी. कोइरालालाई सम्झिरहँदा यसका अलवा अन्य बिषयमा पनि समयको माग संगै परिवर्तन भएर अगाडि बढ्न सके सार्थक हुनेछ ।
अबको परिस्थीति भनेको खान पुग्ने गरी कृषि उत्पादनमा मात्र नजोडेर कृषि क्रान्तिका लागि पनि जोड दिने कार्यक्रम लयाउने हो की? सुकुम्वासी तथागरिव किसान बस्ने झुपडीलाई महल बनाउन सक्ने गरी जीवनस्तर उकास्ने खालको कार्यक्रम ल्याई जनताको जनजीवनमा परिवर्तन ल्याउन सके मात्र बी.पी.कोईरालाको सपना साकार भई उहाँलाई न्याय हुन्छ ।

बी.पी. कोइरालाले नेपाली कांग्रेस पार्टिको स्थापना र संगठन निर्माणका लागि खेल्नु भएको भूमिकाको विषयमा हामीले जति चर्चा गरे पनि अपुग हुन्छ । उहाँ नेपाली कांग्रेसको सिद्धान्तको प्रतिपादक हुनुहुन्छ, देश विकासको आधारशिला निर्माण गर्ने पथपर्दशक हुनुहुन्छ । बी.पी. कोइरालाप्रति हार्दिक श्रद्धासुमन । जय नेपाल । (लेखक–नेपाली कांग्रेस धनकुटाकी महाधिवेशन प्रतिनिधि हुनुहुन्छ)

प्रतिक्रिया