• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तरवार्ता ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

काठमाडौंसहित कहाँ, कहाँ थपिए कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गजेन्द्र नारायण अस्पताल राजविराज प्रयोगशालामा सप्तरीका १० महिला र ५ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १० जनामा कोरोना पुष्टि भएको छ । जसमा धनुषाका ६ जना र महोत्तरीका ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षणमा पर्सामा एक जना पुरुषमा कोरोना देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षण गर्दा बागलुङकी एक महिला र १३ पुरुष, अर्घाखाँचीका ३ महिला र १४ पुरुष, भक्तपुरका एक पुरुष, धनकुटाका एक पुरुष, गोर्खाका ५ पुरुष, गुल्मीका ५ महिला र १५ पुरुष, खोटाङका एक महिलामा कोरोना देखिएको छ ।

त्यसैगरी, पाल्पाका एक महिला र १२ पुरुष, पर्वतका एक महिला र १२ पुरुष, प्यूठानका एक महिला र ४ पुरुष, रौतहटका एक महिला र १५ पुरुष, रोल्पाका एक पुरुष, रुपन्देहीका ३ पुरुष, स्याङ्जाका एक महिला र ७ पुरुष, तनहुँका ४ महिला र ५ पुरुष रहेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा धादिङका एक महिला र एक पुरुष, काठमाडौँका २ महिला र २ पुरुषमा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका ११ पुरुष, चितवनका २ महिला र २ पुरुष, कैलालीका एक पुरुष र पाल्पाका १३ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

किटजन्य रोग अनुसन्धान केन्द्र हटौंडामा बाराका ३ पुरुष, मकवानपुरका एक पुरुष र रौतहटका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रेका एक पुरुषमा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक पुरुष, रौतहटका एक पुरुष र ललितपुरका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एक पुरुष, बाजुराका २० महिला र ४६ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको कोरोना परीक्षणमा कपिलवस्तुका २ पुरुष, रुपन्देहीका २ पुरुष र प्यूठानका एक महिला र ३ पुरुष रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका २ पुरुष र कालिकोटका २ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका २२ महिला र ३६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाजुराका ८ महिला १४ पुरुष, रुकुमपश्चिमका एक पुरुषकमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ८ महिला र २१ पुरुष, डोटीका १७ महिला र ५२ पुरुषमा कोरोना संक्रमण देखिएको गौतमले जानकारी दिए । उनले भने, “११२ जना महिला र ३६४ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।”

प्रतिक्रिया