स्टार अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ

शनिबार स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएका रौतहटका २९ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले ललतिपुरको स्टार अस्पतालमा मृत्यु भएका २९ वर्षका पुरुषमा सोमबार आएको रिर्पोटमा कोरोना पोजेटिभ देखिएको बताए ।

उनका अनुसार गत शनिबार राति मृत्यु भएपछि स्वाब संकलन गरेर ती पुरुषको पाटन अस्पतालको प्रयोगशाला पठाइएको थियो तर सोमबार बिहान आएको रिर्पोटमा ती पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

उनले ती पुरुषमा स्वास प्रश्वासको समस्या देखिएको थियो । उनको शव व्यवस्थापन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया