एक वर्षपछि प्रेम सापकोटा सोनुको नयाँ गीत ‘बटौलीमा नुन’

काठमाडौँ । जापानमा रहेर व्यवसाय सञ्चालन गर्दै आएका लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनुले करिब एक वर्षपछि नयाँ गीत ‘बटौलीमा नुन’ सार्वजनिक गरेका छन्।

अघिल्लो वर्ष तीज गीत सार्वजनिक गरेपछि व्यवसायिक कार्यमा व्यस्त रहेका सोनुले यसपटक दर्शक तथा श्रोतामाझ नयाँ सांगीतिक कोशेली ल्याएका हुन्। गीतमा उनले शब्द तथा संगीत सिर्जनामा विशेष मेहनत गरेका छन्।

प्रेम सापकोटा सोनुकै शब्द र लय रहेको गीतमा उनको साथमा चर्चित गायिका समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। गीतको अडियो पक्षलाई उत्कृष्ट ढंगले तयार पारिएको छ।

गीतको म्युजिक भिडियोको निर्देशन मुकेश नेपालीले गरेका छन्। भिडियोमा शिव सापकोटा र नारायण खत्रीको अभिनय रहेको छ। कलाकारहरूको प्रस्तुतिले गीतको भावलाई जीवन्त बनाउने प्रयास गरेको छ।

‘बटौलीमा नुन’ प्रेम सापकोटा सोनुको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

 

प्रतिक्रिया