कालिकामा सार्वजनिक सुनुवाई सम्पन

कमल ढकाल कालिका । चितवनको कालिका नगरपालिकाको चालु आर्थिक बर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार गरिएको छ ।

कालिका नगरका मेयर विनोद रेग्मीको अध्यक्षतामा कार्यक्रम सहभागी नगरबासीहरुले बुङखहरे खोलाले बर्षेनि दुख दिँदै आएको भन्दै नियन्त्रण गर्न माग गरेका छन् । स्थानीय सरकारलाई प्रश्न गर्ने क्रममा नगरका अगुवाहरुले बुङखहरे खोलामा आउने बाढीले बर्षेनि सयौं घर डुवानमा पर्ने भन्दै दीर्घकालिन समस्यामा सामधान गर्न माग गरेका हुन । उनीहरुले सयौं घर डुवानमा गर्ने,वालीनाली क्षति हुने र जनधनको क्षति हुँदा समेत स्थानीय सरकारले नदी नियन्त्रणको प्रयास नगरेको आरोप लगाएका थिए ।

नगरबासीहरुले कालिका नगर अस्पतालको सेवा सुधार, कालिका हुँदै भरतपुर जाने सडक मर्मत, शैक्षिक सुधार, हिउदे सिंचाई, अनुदान वितरण, फोहोर व्यवस्थापन, नदीजन्य पर्दाथको समुचित प्रयोग तथा विकास निर्माणको काममा भइरहेको ढिलासुस्तीको विषयमा जिज्ञासा राखेका थिए । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्यायले चालु आर्थिक बर्ष प्रदान गरिएको सेवा र विकास निर्माणको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले चालु आर्थिक बर्षमा अबैध रुपमा संकलन गरेर राखिएको नदीजन्य पदार्थ नियन्त्रण, जग्गा बर्गीकरणको काम सम्पन्न गरी कित्ताकट समेत सुरु गरिएको, बृद्धबृद्धाहरुलाई घरमै उपचार गरिएको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले विकास निर्माण तर्फ चालु आर्थिक बर्षमा १०१ वटा योजना सम्झौता भइ काम भइरहेको जानकारी दिए । सम्झौता भएका १०१ वटा योजना मध्ये ६२ वटा योजनाको कार्यप्रगतिका आधारमा रकम समेत भुक्तानी भइसकेको भन्दै चालु अबस्थामा रहेका योजनाको काम समेत धमाधम भइरहेको बताए ।

कार्यक्रममा नागरिक स्तरबाट उठेका प्रश्नको मेयर रेग्मी, उपमेयर विमला तामाङ सहित वडा नं १ का वडाध्यक्ष सन्तबीर स्याङ्तान,वडा नं २ का वडाध्यक्ष लक्ष्मण पौडेल,वडा नं ३ का वडाध्यक्ष बीरेन्द्र तामाङ,वडा नं ४ का वडाध्यक्ष मकरमान श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष दीपक बहादुर भट्टराई,वडा नं ६ का वडाध्यक्ष टीकाराम रेग्मी, वडा नं ७ का वडाध्यक्ष कमलराज मोक्तान, वडा नं ८ का वडाध्यक्ष चित्रबहादुर मगर, वडा नं ९ का वडाध्यक्ष निलकण्ठ मगर, वडा नं १० का वडाध्यक्ष नरजंग प्रजा र वडा नं ११ का वडाध्यक्ष कृष्णबहादुर प्रजाले जवाफ दिएका थिए ।

कार्यक्रममा मेयर विनोद रेग्मीले नगरभित्रका खहरे खोलाको जोखिममा रहेका नगरबासीको सुरक्षाको लागि दीर्घकालिन योजनाका साथ काम गर्ने बताए । नागरिकको समस्या सामधानप्रति आफु प्रतिबद्ध रहेको भन्दै उनले खहरे खोला नियन्त्रण, अस्पतालको सेवा सुधार, कृषि तथा पशुपालनमा अनुदान वितरण तथा शैक्षिक सुधारको काम सुरु गरिसकेको बताए ।

नागरिकबाट गुनासो नआउने गरी काम गर्ने पक्षमा रहेको भन्दै उनले असिमित आवश्यकतालाई सिमित स्रोत र साधनले काम गर्नुपर्ने बाध्यकारी अबस्था रहेको बताए । विप्स मिडिया प्रा.लि. रत्ननयरको समन्वयमा भएको कार्यक्रममा उपमेयर विमला तामाङले स्वागत मन्तव्य राखेकी थिइन ।

प्रतिक्रिया