काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई बोनस शेयर वितरण गर्ने भएको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको हाल कायम चुक्ता पुँजी १० अर्बको ४ प्रतिशतले हुन आउने ४० करोडको बोनश सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै कर प्रयोजनको लागी २ करोड १० लाख ५२ हजारको नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।
प्रश्तावित लाभांश नियामक बीमा प्राधिकरण र आगामी साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिनेछ ।