बुधबार नेप्से १० अङ्कले घट्यो,सर्वोत्तम सिमेन्टका लगानीकर्ता मालामाल

काठमाडौं - सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन । मंगलबार दोहोरो अंकले बढेको सेयर बजार आज भने घटेको छ ।

उक्त दिन बजार १०.८३ अंकले घटेको छ । आज बजार परिसूचक २०३० दशमलव ८६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज उत्पादन तथा प्रशोधन समूह ६४.०७ अंकले बढेको छ । यी बाहेकका अन्य समूहहरु राताम्य बनेका छन् ।

बजारसँगै कारोबार रकम पनि घटेको छ । बुधवार २ अर्ब २३ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज ६० लाख ४७ हजार २१ कित्ता सेयर किबेच भएको छ ।

उक्त दिन शिवम् सिमेन्टको सर्वाधिक ९ करोड ७२ लाख २२ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ । जोशी हाइड्रोपावर डेभलपमेन्टको ८ करोड ३२ लाख २४ हजार, सोनापुर मिनिरल्सको ७ करोड ३३ लाख, हिमालयन रिइन्स्योरेन्स ७ करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आज पनि सर्वोत्तम सिमेन्टका लगानीकर्ताले १० प्रतिशत नाफा कमाउन सफल भएका छन्। 

प्रतिक्रिया