परदेशीलाई रुवाउने दशैं गीत लिएर आए विष्णु खत्री - भिडियो सहित

काठमाडौ - धौलागिरीमा जन्मिएर नेपाली सांगीतिक क्षेत्रमा एक दशक राज गरेका लोकप्रिय सर्जक तथा गायक विष्णु खत्रीको यो वर्षको लागि दशैं गीत "अलपत्रमा" भर्खर मात्र सार्वजनिक भएको छ । 

 

खत्रीले विगत एक दशक भन्दा लामो समयदेखि दशैलाई लक्षित गरी गीत सार्वजनिक गर्ने गरेका छन् । सुनको जलप देखि खत्रीले आफ्ना सिर्जनामा परदेशीका कथालाई उठाउने गरेका छ । 

 

५० लाख भन्दा धेरै नेपाली विदेशमा रहेको बेला दशैंमा घरमा आउन नपाउने कुराले धेरै अर्थ राख्ने हुँदा पनि यो विषय दशैं गीतहरूमा धेरै उठ्ने गरेका छन् । 

 

निकै उत्कृष्ट शब्द र सुमधुर लय सिर्जना रहेको खत्रीले पछिल्लो गीतमा आवाजमा उनलाई पूर्णकला बिसीले साथ दिएकी छन् । 

 

गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनाइएको छ । गीतमा अञ्जली अधिकारी र ओवि रायमाझीले अभिनय गरेकी छन् । गीतलाई क्रान्ति केसीले निर्देशन गरेका छन् । 

 

गीतको पुरै भिडियो यस्तो छ । 

 

प्रतिक्रिया