काठमाण्डौ । धौलागिरीका युवा देवेन्द्र बब्लुले सार्वजनिक गरेको नयाँ गीत मनमायालाई धेरैले मन पराएको प्रतिक्रिया दिएका छन ।
फरक उमेर समूहका युवा युवती विचको प्रेमलाई उनले अत्यन्तै कलात्मक रुपमा गीत र भिडियोमा प्रस्तुत गरेका छन । थोरै सिर्जना गर्ने तर उत्कृष्ट सिर्जना गर्ने देवेन्द्रले आफ्ना हरेक गीतमा अत्यधिक मेहनत गरेर गीत र भिडियो बनाउने गर्दछन । उनको सोहि विशेषताका कारण पनि आफ्ना हरेक सिर्जनामा दर्शकको राम्रो साथ पाउने गरेका छन ।
उनको पछिल्लो गीतमा देवी घर्ति र देवेन्द्र आँफैको आवाज रहेका छ भने गीतलाई देवेन्द्रले लय तथा शब्द सिर्जना गरेका छन । देवेन्द्र आँफैले निर्देशन गरेको गीतमा देवेन्द्र र पशुपति राईले दमदार अभिनय कला प्रस्तुत गरेका छन ।
गीतको सम्पुर्ण भिडियो हेर्नुहोस