अर्थमन्त्रीलाइ मन् नपरेपछि धितोपत्र बोर्डमा अध्यक्ष चयन प्रक्रिया रोकियो

काठमाडाैं - लामो समयदेखि धितोपत्र बोर्डमा अध्यक्ष चयन नभएर प्राथमिक सेयरको कामहरू रोकिएको छ । नयाँ प्रक्रिया सुरु भएपनि त्यो पनि बीचमै अलपत्र पर्ने देखिएको छ। 

तीतोपत्र बोर्डको अध्यक्षको लागि १९ जनाले आवेदन दिएपनि पाँच जनाको मात्रै नाम मन्त्रालयमा सिफारिस गरिएको थियो। सिफारिस भएका नाममध्ये सबैको नाम कतै न कतै विवादित ठाउँमा जोडिएको भन्दै अर्थमन्त्रीले असन्तुष्टि जनाएका छन् । 

योसँगै बिहीबारबाट सर्टलिस्टमा परेकाहरूको गर्ने भनिएको प्रस्तुतिकरण समेत रोकिएको छ। सँगै अब यो प्रक्रिया के हुन्छ र कहिले टुंगोमा पुग्छ भन्ने कुरा अनिश्चित बनेको छ। 

लामो समयदेखि तित्तपत्र बोर्डमा प्रमुख नहुँदा तीन दर्जनभन्दा धेरै कम्पनीहरूको प्राथमिक सेयर निष्कासन प्रक्रिया रोकिएको छ। यसअघि अर्थमन्त्रीले विवाद नभएका र प्रक्रिया पूरा गरेका कम्पनीहरुलाई आइपिओ निष्कासन गर्न अनुमति दिनुपर्ने आशय व्यक्त गरे पनि बोर्डले भने त्यो निर्णय गर्न सकेको छैन । 

आइपिओ निष्कासनको सूचीमा सबैभन्दा धेरै जलविद्युत कम्पनीहरू रहेका छन्। जसले गर्दा जलविद्युत क्षेत्रमा लगानी जुटाउन नसकिने अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया