सरकारले इन्धनको भारी मूल्य कटौती गर्यो, पेट्रोल २० र डिजेल २९ रुपैयाँ घट्यो

काठमाडौं - चौतर्फि आलोचना पछि सरकारले पेट्रोल र डिजेलको मूल्य भारी कटौती गरेको छ । 

आयल निगमले डिजेलमा २९ र पेट्रोलमा २० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको छ । 

सत्ता गठबन्धनले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएपछि आज राती १२ बजे देखि नै मूल्य समायोजन हुने भएको छ । ‘उद्योग मन्त्रालयले मूल्य घटाउने घोषणा गरेपछि निगमले आजै राती १२ बजेदेखि मूल्य घटाउँछ’ नेपाल आयल निगम स्रोतले जनाएको छ

यससम्बन्धी घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आज दिउँसो साँढे १२ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछन् । हिजो उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो ।

 पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेकामा अब १७९ रुपैयाँमा पेट्रोल पाइने भएको हो । यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६४ रुपैयाँ कायम गरिएको छ । सरकारले पेट्रोलियम पदार्थमा लागू गर्दै आएको कर कटौती गरेर सर्वसाधारणलाई राहत दिएको हो ।

प्रतिक्रिया