लकडाउनको सदुपयोग साथिभाई संगको भलाकुसारी

विश्वभरी आतंक मच्चाईरहेको कोभिड १९ अर्थात कोरोना भाइरसले आज को मिति सम्म बिस्वभर १ लाख ९० हजार भन्दा धेरै जनाको ज्यान लिइसकेको छ । मृतकहरु प्रती भावपुर्ण श्रद्धाञ्जली ।

आजैको दिन सम्म बिश्वभर संक्रमितको संख्या २७ लाख हाराहारी पुगेको छ । उहाँहरु सबैको सिघ्र स्वास्थ लाभ को कामना गर्दछु । साथै घर भित्रै एकान्तबासमा बसेका आम मानिस यतिखेर सबै त्रसितनै छन भोलिका दिन मा के कसो हुने हो भनेर । विश्व अर्थतन्त्र धरासायी बन्ने अबस्थामा छ । बिश्व मा लाखौं ब्यक्ति जागिरबाट बन्चित हुँदैछन भने अजै महामारी कति फैलिने हो कसै संग हिसाबकिताब छैन , कोरोना को आधिकारिक औषधी आज को दिन सम्म पत्ता नलागेको अबस्थामा छ ।

यसो भन्दै गर्दा फेरि कोही पनि नआत्तिनु होला आत्मबल बलियो बनाएर रोगसंग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता को बिकास गर्नको लागि सुआहारा सेवन गर्नु हुन सबै मा अनुरोध गर्दछु।

सबै मानिस अहिले घर भित्र रहेको बेला फुर्सद मा के के गर्दैछन होलाभन्ने आम चासो को विषय पनि बन्न सक्छ । तर यो वेला म भने दिनहुँ जसो फुर्सदको समय एउटा फेसबुक ग्रुप मा रमाइरहेको छु । जहाँ धेरै को संख्या मा मेरा पुराना स्कुल देखि का साथीहरु छन । साथीहरू आँफैमा भुल्न नसकिने हुन्छन । अझै स्कुल देखिका साथी सायद स्कुल छुटेपछिका दिन देखि भेटघाट बोलचाल नभएका साथीहरू अहिले को बिश्व लकडाउन को बेला उक्त ग्रुपमा भेट हुन्छन । दिनहुँ नयाँ नयाँ कुरा हरु मा छलफल हुन्छ , सबै साथीहरूलाई ग्रुपको नशा ले छोइरहेको छ चाहे मध्यरात होस चाहे मिर्मिरे उज्यालो चाहे हावाहुरी चलोस चाहे टन्टलापुर घाम जतिबेला चाहे देश मा हुन चाहे विदेश मा अहिले साथीहरू संग ग्रुप जोइन हुन को लागि लाइन नै बस्नु पर्ने हुन्छ । जम्मा आठ जना एकपटक मा कुरा गर्न मिल्ने उक्त फेसबुक ग्रुप मा ३५,४० जना साथी छौं ।

समयको माग संगै आआफ्नो भबिस्य खोज्न धेरै साथीहरू वैदेशिक रोजगारी को लागि बिदेशमा छन भने केही साथी नेपाल मै विभिन्न पेसा ब्यबसाय मा छन । जो जहाँ भए पनि अहिले को लकडाउनले सबैलाई फुर्सद निकालिदिएको छ अनि पुराना साथी खोजी खोजी कुरा गर्न पाइएकै छ। कोरोनाको कारण आफ्नो दैनिकीमा परेका समस्या र मन का पीडा हरु भुलाइदिने साथीहरू छन यसैमा मज्जा छ। वैदेशिक रोजगारी कै शिलशिलामा म पनि युरोप को पोर्तुगल राज्यमा छु। यहाँ आजको दिन सम्म कोरोना संक्रमितको संख्या २० हजार कटिसकेको अवस्था छ।

लकडाउनका कारण सबै साथीहरुसंग तिता मिठा यथार्थ हरु पोख्न पाइएकै छ। स्कुल पढ्दा का मायाप्रेम मा कुरा एक अर्काले थाहा पाइएकै छ । त्यो बेला कस्ले कस्लाई मन पराउँथ्यो भन्ने बल्ल अहिले थाहा पाइएकै छ । साथिहरुको फर्माइसमा राम्रा राम्रा फिल्म हेर्न पाइएकै छ । मीठो मीठो खानेकुरा का परिकार बनाउँने तरिका साथिहरुलाई सोधी उनैलाई लोभ्याई लोभ्याई खाइएकै छ । कोरोना संगै जीवन मा आएका अनेकौं बाधा हरु त छँदैछन र पनि साथिहरु संग मज्जाले हाँसी हाँसी कुरा गरिएकै छ ।

हिजो क्लासमा बोल्दै नबोल्ने साथिहरु सबै बोल्ने भएछन , हिजो बच्चै थियौं हामी आज सबै का बच्चा भएछन । सबैको आआफ्नै लाइफस्टाइल छ ,कोहि कहाँ कोहि कहाँ,जो जहाँ जहाँ भए पनि यहि मोबाइल नामको खोस्टो र सामाजिक संजाल फेसबुक मार्फत एकान्तबासको बसाई पनि हजारौंको भिड जस्तो लागिरहेको छ । साथीहरु को साथ र हौंसला ले आत्मबल बढाउन पाइएको छ ।

पुराना साथिहरुसंगको कुराकानीले नयाँ साथी संग दुरि टाढा होला होला जस्तो छ । घर मा दिनहुँ फोन गर्ने म आजभोलि यतै यतै भुलेको छु । साथिहरु ले सम्झाईदिने पुराना यादहरुको फुलबारी मा बिहानै देखि दौडिरहेको हुन्छु । विभिन्न देश मा रहेका साथी भाइ संग त्यहाँ को ताजा बस्तुस्थिती बुझ्न पाएको छु । कोरोना ले मन मा उत्पन्न गर्ने अनेक डरत्रास पर पर भाग्दै गरेको पाएको छु । साँच्चै कोरोना को अचुक एन्टिबायोटिक नै यहि हो कि जस्तो लाग्न थालिसक्यो ।

परदेस को ठाउँ अनेकौं समस्या हुन्छन्नै तर पनि सबै समस्या भुलेर एकै ठाउँ साथीहरू संग भलाकुसारी गर्नु नै यो बेला कोरोना संग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता को वृद्धि गर्नु पनि हो जस्तो लाग्यो । प्राय गरि बिदेश मा रहने नेपाली दाजुभाइ दिदिबहिनी हरु अलि बढी तनाब मा भएको पनि देखिएको छ त्यसैले आफ्नो तनाव हटाउनको लागि आफ्ना साथिभाई संग खुलेर कुरा गर्नुस पुराना याद हरु कोट्याएर रमाइलो गर्नुस । यति गर्दा कोहि पनि डिप्रेसन को शिकार हुन पर्दैन।

यस्तो लेख पनि किन लेखेको होला पक्कै भन्नू होला तर मैले यसमा भन्न खोजेको सन्देश भनेको लकडाउन मा घर मा बस्दा हुने अनेकौं तनाब को मुक्ति को वाटो साथिभाई संग को भलाकुसारी नै हो भन्ने निस्कर्ष निकाले । जो जहाँ हुनुहुन्छ सुरक्षीत बस्नुहोस सामाजिक दुरि कायम राखौं ,लकडाउन को पुर्ण रुप मा पालना गरौं ,साबन पानी ले निरन्तर हात धोउँ ,मास्क सेनिटाइजर को प्रयोग गरौं ।कोरोना बाट आफू पनि बचौं अरुलाई पनि बचाउँ । बाँच्दै गरे नाँच्दै गरौंला ।

भुवन कँडेल
हाल पोर्तुगल

प्रतिक्रिया