सबैको ध्यान कोरोना तीर,कोइ कोइको ध्यान कुम्लाउन तीर

इटालीका प्रधानमन्त्रीले एउटा सार्वजनिक कार्यक्रममा बलिन्द्रा आँसु खसाल्दै रोए । उनी रोएको त्यो भावुक तस्विर सामाजिक सञ्जालमा निकै लोकप्रिय बन्यो, सबैले उनको प्रशंसा गरे । उनी रुनुको बास्तविक कारण भने पछिल्लो समय महामारीका रुपमा फैलिएको कोभिड १९ बाट आफ्ना नागरिक धमाधम मरे पछि त्यो पिडा आँसुमार्फत सबैमाझ पोखेका हुन । त्यति विकसित देशको प्रधानमन्त्रीले जनताको लागी खसालेका ती आँसुको प्रभाव नेपाल सम्म पनि पर्यो । सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै नेपालीले भने हाम्रा पनि यस्तै नेता भएको भए ?

ओहो,हाम्रा पनि यस्तै नेता भइदिएको भए ? जसले जनताको पिडामा आँसु धारा बगाउन,म मात्र होइन सबैको मनमा यो सवाल उठ्छ । तर हामी नेपाली त्यति भाग्यमानी पनि कहाँछौं र ? जसले जनतासँगै रुने नेता पाँउन । हाम्रा पिडा देख्ने र महसुश गर्ने नेता पाँउन । अचम्म हामी कति अभागी है ? रुने त त्यस्तै हो,पीडामा हामी छौं तपाईहरु ढुक्क हुनुहोस भन्ने सम्मको नेतृत्व पाउन सकेनौं । सरकार भनेको जनताको लागी अविभावक हो तर त्यो नेपाली जनताले महसुश गर्न कहिलै पाएका छैनन् ।

विश्वभरि महामारिको रुपमा फैलिएको कोरोनाले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । यो लेख तयार पार्दा सम्म नेपालमा ९ जनामा यो संक्रमण लागेको छ भने यो आँकडा अबश्य बढ्दै जाने निश्चित छ । देशको किनारामा नेपाल पस्ने बाटो हेरेर बसेका सयौं नेपालीहरुका पिडा खपि सक्नु छैन । उताकाले बस्न दिँदैनन् यताकाले पस्न दिँदैनन् । यो पिडा भोग्न बाध्य ती नेपालीहरु अहिले टुहुरा जस्तै भएका छन । मरे बरु देशमै मरुला भन्दै मान्छेहरु महाकालीमा हाम फालिरहेका छन,उनीहरुको पिडा न त शासकहरुले बुझ्का छन,नत उनीहरुका परिवारलेनै बुझ्न पाँउछन ।

कोहि भोको पेट,कोहि आफ्न्त भन्दा टाढा त कोहि विदेशको भुमिका अहिले छट्पटाइरहेका छन । सबैलाई यो महामारीले पीडा दिइरहेको बेला कसैकसैलाई भने यो महामारी कमाउने धन्दा बनिरहेको छ । कमाउने धन्दाको सुरुवात माक्स कालोबजारी बाट सुरु भएको थियो भने योक्रम स्वास्थ्य सामाग्री खरिद जस्तो गम्भीर कुरा सम्म आइपुग्दा पनि रोकिएको छैन । बजारमा जे जस्ता हल्ला र चर्चा चलिरहेका छन त्योकुराले सारा नेपालीलाई लाजको मर्नु बनाएको छ । यस्तो बेलामा ध्यान कता हुनु पर्ने हो ? तर हाम्रो ध्यान कता छ ?

जनताको मन जित्न र आफ्नो पनको आभास दिलाउन पर्ने बेलामा सरकारको नेतृत्वमै रहेकाहरुकै यस्तो खवर सुन्नु पर्ने अत्यन्तै दुभाग्य हो हामी नेपालीको । लेखेर राख्नुहोस यो कलियुग हो । यो बेलामा अपराध गर्नेलाई कदापी माफी हुने छैन् । जनताले सबैका एकएक हिसाव गरेर मनको खातामा राखेका छन । विश्वका ध्यान कोरोना तीर भइरहेका बेला,मोटो रकम तीर ध्यान दिनेहरुलाई मर्ने बेलामा अबश्य किरा पर्ने छन् र जनताले उनीहरुलाई कहिलै पनि माफी दिने छैनन् र दिन लाएक पनि रहने छैनन् ।

गर्नलाई काम छैन्,काम छैन त माम पनि छैन । बाहिर निस्कने अबस्था छैन,भोको पेट भन्छ भर्नुनै परे भोकले भन्दा रोगले मर्न निको हुँदो हो । अहिले निम्न बर्गका जनताको असली पिडा यहि हो । एउटा माक्स र एक किलो चामल दिएर फोटो सेशन गर्नेहरु र सुतीरहेको सरकारलाई भोको पेटले कानमा सिठ्ठी फुक्दा पनि नसुने पछि कस्को के लाग्छ र ?

जनताको भोक,शोक र पिडासँग सहकार्य गर्नु पर्ने बेला कुकर्म तीर मती विगार्नेहरुलाई बर्तमान कानुनले त नछोला तर जनताको कानुनले अवश्य पनि सुली चडाउने छ,यो कुरा लेखेर राख्दा पनि हुन्छ । साच्ची हामी नेपालीहरु कति अभागी है ? यस्तो बेलामा दुख सुखका कुरा गर्ने पर्ने सबै एक जुट हुनु पर्ने बेलामा पनि भ्रष्टाचार भयो,देश कोरोनाले हैन भ्रष्टाचारले सक्काउने भयो भन्दै दुखेसो पोख्नु परिरहेको छ ।

यो बेला जनतासँगै रुने बेला हो,सहकार्य गर्ने बेला हो,अब पनि तिमीहरुको मती फिरेन भने,अवको पुस्ताले पनि हाम्रो जस्तै नियती भोग्नु पर्ने छ । ओली नेतृत्वको सरकारले यस्ता कुकर्म गर्नेहरुलाई छहारी दिने छैन,सजाँय दिने छ भन्ने अपेक्षा गरौं तर भर चाही नपरौं ।

यो बेला नेताहरुले जता मुख ताके पनि हाम्रो देशका जनता बचाउने कि त पशुपति नाथले हो कि त तपाई हामी आफैले हो । त्यसैले यो अवधिमा हामी कठोर हुनै पर्छ । देशमा भइरहेको लकडाउनलाई कडारुपमा पालना गर्नु पर्छ जसले गर्दा यो महामारी फैलिन नपाओस । यो बेला पनि नेताको भर र नेताको मुख ताकियो भने देशको सम्पती मात्र होइन जनताले पनि ठुलो क्षति भोग्नु पर्ने छ । आउनुहोस सबै मिलेर यो महामारी भगाउन भोको पेट भए पनि सहयोग गरौं ।

प्रतिक्रिया