मौलिक र असली तीज गीत प्रति दर्शकको त्यति चासो छैन - गायक हेमन्त खड्का

काठमाडौं - नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिक/नजिक आइरहेको छ । यही पर्वलाई ध्यानमा राखी धेरै कलाकारहरुले तीज गीत सार्वजनिक गरिरहेका छन् । 

विगतका वर्षमा जस्तो यो वर्ष तीज गीत भन्नै लाज लाग्ने गीतहरू त आएका छैन तर तीजको मर्म र मौलिकता भने मेटिँदै गइरहेको गीतहरू सुन्दा प्रष्ट हुन्छ । केही असली तीज गीतहरू पनि सार्वजनिक भएका छन् तर उनीहरूले सोचे अनुसार दर्शक पाउन सकेका छैन । 

यस्तै मौलिक तर त्यति दर्शक पाउन नसकेको गीत हो "बिरानो माइती" महिलाको मात्र आवाज भएको साथै वास्तविक तीजको भाव बोकेको यो गीत त्यति दर्शकको रोजाइमा नपरेको गायक तथा सर्जक हेमन्त खड्काको बुझाइ छ । अलि नाच्ने खालका र दोहोरी जस्ता गीतहरू दर्शकको नजरमा पर्ने गरेको उहाँको भनाई छ । 

व्यवसायिक भन्दा पनि मौलिकता कायम होस् भन्ने गरी गीत सार्वजनिक गरेको बताउँदै खड्काले गीत हेर्नेहरूबाट निकै राम्रो प्रतिक्रिया आइरहेको भनाइ छ । 

खड्काको पछिल्लो गीतमा संगीता पौडेलले आवाज दिएकी छन् भने शब्द भने सञ्चारकर्मी कृष्ण आचार्यले लेखेका हुन् । खड्काको आफ्नै लय सिर्जना रहेको सो गीतलाई प्रेम थापाले निर्देशन गरेका छन् भने मेलिना ठकुली र साथीहरुको अभिनय रहेको छ । गीतको संगीत संयोजन कृष्ण केसीले गरेका छन् । यही टिमले दशैंको मौलिक गीतको तयारी गरिरहेको खड्काको भनाइ छ । 

 

प्रतिक्रिया