• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय ,
  • समाचार

दिपक कँडेलकी सानी छोरी दीपिका कँडेलले गायको गीत मेरी छोरीले बनायो आधा करोड भन्दा धेरै दर्शक

एउटा पिताको लागी उसका छोरा छोरीको सफलता जस्तो अरु केहि पनि छैन् । यस्तै आफ्नो सन्तानको सफलतामा बाग्लुङका सर्जक दिपक कँडेल पनि खुसि छन । उनकी सानी छोरी दीपिका कँडेलले गायको गीत मेरी छोरीले करिव ६० लाख दर्शक बनाएको छ ।

गीतलाई सबैले अत्यधिक मन पराएका छन भने त्यहि अनुसारको उत्साहजनक प्रतिक्रिया समेत पाएको छ ।

नरेश खातीको शब्द, संगीत रहेको उक्त गीतमा बाबाछोरीबिचको माया र सम्बन्धलाई कथा बनाईएको छ ।

गीतमा सानी छोरीलाई आमाबाबा दुवैको माया बाबाले दिएर त्यहि छोरीको सहारामा बाँचेको कथालाई मुख्यरुपमा उठान गरिएको छ ।

बाबाछोरीनै एकअर्काको सहारा र संसार बनेका तर छोरीको बिबाहपछि अर्कैको घरमा जाँदा बाबा एक्लै र छोरीलाईपनि पराई घरमा जान निकै गाह्रो भएको मिठो कथालाई कलाकार दिलिप रायमाझी, टिकटक भाइरल एभेलीना खड्का र दिया जीसिले अभिनयमार्फत् उतारेका छन् ।

गीतमा मेक्सम खाती र माण्डबी त्रीपाठी र दिपिका कँडेलको आवाज रहेको छ । क्रान्ती केसीको निर्देशन रहेको गीतलाई दिपिका म्युजिकको अफिसियल युट्युवमार्फत बजारमा सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया