• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

विदेशकै भुमिबाट प्रेमको सांगीतिक सफलता,आँशुको मुल्य १५ लाख बन्दा,जाले रुमाल २० लाख दर्शक

जापानमै रहेर पनि नेपाली गीत संगीतमा अफ्नो खरो उपस्थिति जनाइरहका बहुप्रतिभाका धनि सर्जक तथा गायक प्रेम सापकोटा सोनुले विदेशकै भुमिबाट निरन्तर सफल गीतहरु प्रस्तुत गरिरहेका छन ।

जापान जस्तो काममा अत्यधिक खटिनु पर्नें देशमा रहेर पनि आफ्नो थोरै मात्र फुर्सदको समयलाई सापकोटाले गीत संगीतमा प्रयोग गरिरहेका छन । त्यहि अनुसार सफलता पनि पाइरहका छन ।

उनले पछिल्लो सयम सार्वजनिक गरेका दुई गीत आँसुको मुल्य र जाले रुमालले समेत अत्यधिक दर्शकको माया पाएका छन । आँखुको मुल्यले १५ लाख दर्शक बनाएको छ भने जाले रुमालले २० लाख भन्दा धेरै दर्शक बनाएको छ ।

आफ्ना पछिल्ला सिर्जनाहरुलाई दर्शक स्रोताले अत्यधिक मन पराइदिए पछि सबैलाई धन्यवाद ब्यक्त गर्दै सफलता सँगै आफुलाई उर्जा थपिएको समेत बताउनु भयो ।

विदेश जस्तो भुमिका रहेर गीत संगीतमा काम गर्न कठिन छ नेपालबाट सबैको सहयोगले यो सम्भव भएको हो, सापकोटाले भन्नु भयो । आफुले सके सम्म अझै गीतहरु सार्वजनिक गर्दै जाने उहाँको प्रतिवद्धता छ ।

प्रतिक्रिया