• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

सबै माझ लोकप्रिय बन्दै गइरहेका गायक गणेश अधिकारीको अर्को उत्कृष्ट गीत देउन राधा देऊ – भिडियो सहित

नेपाली लोकदोहोरी मा पछिल्लो समय सबैले निकै मन पराएको नाम हो गणेश अधिकारी । बहु प्रतिभाका धनी अधिकारीले उत्कृष्ट शब्द लय मात्र बनाउँदैनन् उस्तै सुमधुर आवाजमा गीत गाउन पनि सक्छन् ।

भर्खर मात्र सार्वजनिक भएको उनको गीत देउन राधा देऊ मा पनि विगतमा जस्तै निकै चोटिला शब्द र सुमधुर लय सिर्जना गरेका छन् भने आवाजमा अधिकारीलाई देवी घर्तीले साथ दिएकी छन् ।

समग्रमा हेर्दा गीतको सम्पूर्ण पक्ष निकै दमदार रहेको छ । गीतलाई युवा निर्देशक स्मृति तिमिल्सिना ले निर्देशन गरेकी छन् भने आशिर प्रताप जंग र कुशुम गाहा मगरको अभिनय रहेको छ । गीतलाई ‌‌योग्सना डिजिटलले बजार व्यवस्थापन गरेको छ भने अमृत चापागाईंले गीतको सम्पादन गरेका छन् ।

प्रतिक्रिया