कोरोना भाइरसको त्रास – नेपालमा सबै डाक्टर,बनको बाघले हैन मनको बाघले खाइसक्यो ।

हाल सम्म कोरोनाको वितण्डा
चिनको हुबेई प्रान्तको राजधानी ऊहानबाट शुरु भएको कोरोनाभाइरसको महामारी चीनमा त नियन्त्रण हुँदै गइरहेको छ तर त्यसको ठीक विपरीत यस संक्रमणको विस्तार संसारका ९० भन्दा बढी मुलुकहरुमा फैलिइसकेको छ । दिनानुदिन यसको संक्रमण नयाँ नयाँ मुलुकहरुमा देखापर्दै गइरहेको छ भने यसै महामारीका कारण मर्नेहरुको संख्या पनि विश्वका विभिन्न मुलुकहरुमा बढ्दै गइरहेको छ । यो लेख तयार पार्दासम्म मात्रै संसारभरिमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख २२ हजार २ सय ८९ पुगिसकेको छ भने यसैको कारण मर्नेहरुको संख्या पनि ४ हजार ३ सय ८९ पुगेको छ ।

छोटो अवधिमै यस भाइरसको संक्रमणको विस्तारको तथ्यांक जति भयावह छ, त्यति नै सुखद कुरा के पनि छ भने यस भाइरसबाट संक्रमित भएर निको हुनेहरुको संख्या पनि ६७ हजार ९ जना पुगिसकेका छन् । फलतः यतिखेर ५० हजार ८ सय ९१ जना मात्रै यसबाट संक्रमितको अवस्थामा छन् । निको हुन बाँकी संक्रमित मध्ये पनि ४५ हजार १४३ जनामा संक्रमणको मध्यम खालको असर देखिएको छ । यो भनेको ८९ प्रतिशत हो भने ५ हजार ७ सय ४८ जनाको अवस्था चाहिँ गम्भीर छ । यो भनेको ११ प्रतिशत हुन आउँछ ।

यो भाइरसको संक्रमित हुनेहरुमध्ये सबैभन्दा बढी ८० हजार ७ सय ९० चीनमा रहे भने चीनपछि इटाली १० हजार १४९ जना र इरान ९ हजार रहे । त्यसै गरी दक्षिण कोरियामा ७ हजार ७ सय ५५ जना, स्पेनमा २,१८८ जना, जर्मनीमा १ हजार ८ ५३ जना, फ्रान्समा १ हजार ७ सय ८४ जना र अमेरिकामा १ हजार १६ जना संक्रमित रहे । १ हजारभन्दा कम संक्रमित हुनेहरुमा स्वीट्जरल्याण्ड ६ सय ५२ जना, जापान ६ सय ३९ जना, नेदरल्याण्ड ५ सय ३ जना छन् । पाँचसयभन्दा कम संक्रमित देखापरेका देशहरुमा स्वीडेन, नर्वे, बेलायत, डेनमार्क, वेल्जियम, कतार, अस्ट्रेलिया, बहराइन सिंगापुर, मलेसिया, अस्ट्रेलिया, हंगकंग छन् ।

सयभन्दा कम संख्यामा संक्रमित हुनेहरुमा चाहिँ क्यानडा, ग्रीस, आइसल्याण्ड, इजरायल आदि देशहरु छन् । कोरोनाभाइरसका संक्रमणका कारण सबैभन्दा बढी मृत्यु ३ हजार १ सय ५८ जना चीनमा, ६ सय ३१ जना इटाली, ३ सय ६४ जना इरान, ६० जना दक्षिण कोरिया र ४९ जना स्पेनमा भएका छन् । त्यसबाहेक, जर्मनी, फ्रान्स, अमेरिका, स्वीट्जरल्याण्ड, जापान, नेदरल्याण्ड, बेलायत जस्ता देशहरुमा पनि क्रमशः ३, ३३, ३१, ४, १५, ५ र ६ जनाको मृत्यु भइसकेको छ ।

त्यसो त सबैभन्दा बढी निको हुनेहरुमा पनि चीनमा ६१ हजार ६ सय ११ जना, इटालीमा १ हजार ४ जना, इरानमा २ हजार ९ सय ५० जना छन् । त्यसबाहेक अन्य देशहरुमा पनि निको हुनेहरु छन् ।

विश्व युद्ध कस्तो भयो या त्यसको असर पर्यो भन्ने कुरा मेरो उमेरकोले भोग्ने कुरा भएन् । कसैले भनेको र पढेको आधारमा अनुमान लगाउने हो । मलाई लाग्छ अहिले विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाइरस पनि विश्वयुद्ध जत्तिकै जटिल भइरहेको कुरा भने सहजै भन्न सकिन्छ ।

नेपालको अबस्था

भगवान पशुपतिनाको कृपा भनौं या अरु कुनै देवताको कृपाले भर्नौ नेपालमा आजको मिति सम्म कोरोना सम्बन्धी त्यस्तो अशुभ समाचार सुन्न परेको छैन र त्यो नपरोस पनि । स्वास्थ्य सेवा विभागले चाइनाबाट आएको एक जनालाई कोरोना देखिएको र उपचार पछि पुर्ण निको भइसकेको जानकारी दिएको छ । छिमेकी देश भारतमा समेत यो रोगको विरामी देखिए पछि नेपालमा खतराको घण्टी भने पक्कै बजेको छ । विश्व स्वास्थ संगठनले पनि यसलाई महामारिको रुपमा घोषणा गरिसकेको छ ।

कोरोनाले नेपाललाई नछोए पनि कोरोनारुपी त्रासले भने गाँउ÷गाँउ संक्रमण गरिसकेको छ । चिया पसल देखि संसद भवन सम्म यसको चर्चा छ । त्यति मात्र होइन नेपालमा एक सय एक डाक्टर पनि छन जसले कोरोनालाई आफ्नै भाषा र अनुकुलमा बयान गरिरहेका छन ।

नेपालमा नागरिक मात्र होइन सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा समेत कोरोना सम्बन्धी विकराल खवरले संक्रमणको हावा भुषमा आगो सरि फैलिएको छ । मान्छेका आफ्नै अड्कल र आफ्नै उपचार विधि पनि छन । अनलाई समाचार माध्यमहरुले पनि यो रोगसँग सम्बन्धीत खवरहरुलाई अतिरञ्जीत बनाइरहेका छन । त्यति मात्र होइन यो रोग नेपाल प्रवेश नगर्दै सामाजिक सञ्जालले पनि गाँउ गाँउमा यो रोगको त्रास फैलाइरहेका छन ।

बास्तविक महामारी भन्दा हल्लाको महामारिले ब्यापक संक्रमण र त्रास फैलाइरहेको छ । कसैलाई यस्सो रुघा खोकी लाग्यो भने पनि कोरोना लागे छ अलि टाढा बस भन्ने जस्ता कुराहरु जताततै सुन्न पाइन्छ । ठुला भनिएका सञ्चार माध्यमहरुले समेत यो विषयमा अफवा फैलाइरहेका छन ।

नेपाल सरकारले कोरोना नेपाल भित्रीहाले पनि त्यो नियन्त्रणको लागी पुर्णरुपमा आफुहरु तयारी अवस्थामा रहेको बताइरहे पनि यो रोग नेपाल आइ हाल्यो भने कसरी जोगीने भन्ने कुराले सबैलाई पिरली रहेको छ । हल्लै हल्लाको कारणले गाँउँबाट शहरमा बस्नेहरुलाई घर फर्किन आग्रह गरिएको छ । यसरी हेर्दा नेपालीलाई बनको बाघले भन्दा पनि मनको बाघले खर्लप्पै खाइसकेको छ ।

सजक हुनु पर्छ तर हत्तोत्साहित भने हुनु हुँदैन । चोकचोकमा हुने कोरोनाको हल्ला भन्दा पनि बास्तविकता के हो भन्ने. तर्फ तपाई हामी सजक हुनु जरुरी छ । अरु धेरै कुरा सम्भव नभए पनि सावुन पानीले राम्रो सँग हात धुने कुरा सम्भव छ । हात मात्र सावुन पानीले राम्रो सँग धुने बानी बस्यो भने कोरोनाबाट मात्र होइन अन्य धेरै कुराहरुबाट बच्न सहयोग पुग्छ ।

सञ्चारमाध्यम स्थानीय निकाय तथा सामाजिक सञ्जाल प्रयोग कर्ता तपाइ हामीले पनि हल्लै हल्लाको भरमा भन्दा पनि आधिकारीक कुराहरु मात्र अरुलाई भन्ने र आफै डाक्टर बन्न नखोज्ने हो भने पनि यो रोगको त्रासबाट बच्न सकिन्छ ।

प्रतिक्रिया