प्रधानमन्त्री ज्यू सिघ्र स्वास्थ्य लाभको कामना,हजुर जस्तै हजारौं मिर्गौला पिडितको आँसु खस्न नदिनु होला

सम्माननीय प्रधानमन्त्री श्री केपि शर्मा ओली अहिले दोस्रो पटक आफ्नो मिर्गौला सफल प्रत्यारोपण पश्चात स्वास्थ लाभको लागी अस्पतालको शैयामै हुनुहुन्छ । समग्र नेपालीको तर्फबाट उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्न चाहान्छु ।

ठुला नेताहरुमा कमै मात्र पाइने गुण यो पटक ओलीमा देखियो जसले धेरै नेपालीको मन खुसि भएको छ । पातलो सिगान आँउदा पनि विदेश जाने नेताको लागी प्रत्यारोण जस्तो जटिल उपचारको लागी पनि नेपाली डाक्टरहरुलाइ विश्वास गर्नु भएकोमा हजुर धन्यवादको पात्र हुनुहुन्छ । हजुरको उच्च मनोवल र हँसिलो अनुहारनै हजुरको लागी सबै भन्दा ठुलो दवाइ हो ।

एक पटक फेरेको मिर्गौलाले १२ बर्ष सम्म काम गर्ने रैछ । अव फेरी कम्तीमा १२ बर्ष हजुरले यो देशको लागी योगदान गर्नुहुने छ भन्ने पुर्ण विश्वास मैले मात्र होइन तिन करोड जनताले गरेका छन् । नेपालकै इतिहाँसमा शक्तिशाली सरकारको प्रमुख हुनुहुन्छ ओली ज्यू,कम्तीमा पनि दिल्लीमा केजरीवालले जत्तिको लोकप्रिय काम गर्न यहाँलाई प्रेणा मिल्ने छ भन्ने हामीले आशा मात्र होइन पुर्ण विश्वास समेत लिएका छौं ।

दिल्लीमा केजरीवालले दोस्रो पटक प्ुर्ण बहुमत र तेस्रो पटक मुख्य मन्त्रीको रुपमा केहि समय अगाडी सपथ खाएका छन । उनले गरेको कामको अन्य प्रदेशहरुमा समेत सिको गरिरहेको कुरा विभिन्न सञ्चार माध्यमहरुले लेखिरहेका छन । कस्तो अचम्म ? लगातार ३ पटक जिम्मेवारी पाउन सकेको होला ? यसको पछि आखिर के छ त्यस्तो ? प्रधानमन्त्री ज्यू खासै केहि छैन जनता सँग सम्बन्धीत तिन चार काम गरि दिए हामी मख्ख पर्छौं अनि जय जयकार गर्न थाल्छौं । हाम्रो अपेक्षा र चाहना पनि त्यति ठुलो कहाँ छन् र ? मात्र केजरीवालले एउट प्रदेशमा गरे जस्तै कम्तीमा पनि हामीले बाग्मती प्रदेशमा गर्न सके कस्तो हुँदो हो ? सुन्दै अच्चम लाग्ने दिल्लीमा त जति र जस्तो उपचार गरे पनि सबै निशुल्क । शिक्षा निशुल्क । विद्युत २ सय युनिट सम्म निशुल्क । पानी निशुल्क । वाह । यहाँ भन्दा हामीलाई के चाहियो ? आखिर गर्न खोज सम्भव त रै छ नी हैन र ? हामीले पनि हजुरबाट अरु नभए पनि कम्तीमा पनि स्वास्थ्य क्षेत्रको सम्पुर्ण उपचार निशुल्क भइदिए कोहि पनि उपचार नपाएर अकालमा मर्न पर्ने थिएन ।

भनिन्छ तपाईले कसैको पिडाको असली महशुस त्यो बेला गर्नु सक्नु हुन्छ, जति बेला त्यो पिडा तपाई आफैलाई पर्छ । यहि कुरालाई आधार मान्ने हो भने नेपालमा रहेका हजारौं मिर्गाैला पिडीतको पिडा स्वयम प्रधानमन्त्रीले भोग्नु भएको छ । कति पिडा र सन्झट छ । त्यस माथी सरकारी अस्पतामा हप्ताको दुई पटक डायलाइसिस गराउनु पर्दाको पिडा खपिनसक्नु रहेको छ । यो झन्झट हजुरले त भोग्नु परेर तर यो बारेमा पक्कै जानकार हुनुहुन्छ । यो रोगका विरामी जसरी बढिरहेका छन त्यसैगरि उपचारमा पनि झनझन र दुख थपिँदै छ । मलाई लागेको छ अब यो विषयमा हजुरले केहि खुसिको कदम चाल्नुहुने छ ।

कम्तीमा पनि प्रधानमन्त्री उपचार भएर निस्के पछि नेपालमा सबै अस्पतालहरुमा मिर्गौला र।ेगीको उपचार निशुल्क गर्ने ब्यवस्था गर्नु भयो भने सबैले राहात पाउने थिए । हरेक जिल्लाको कम्तीमा पनि एउटा अस्पतालमा यो सेवा पुर्ण निशुल्क बनाउन सकियो भने जनताले राहातको शास फेर्न पाउने थिए । केहि अस्पतालहरुमा अहिले सिमिति उपचार निशुल्क छ तर यो हात्तीको मुखमा जीरा जस्तै भएको छ । हजुरले त मिर्गौला पनि सहज रुपमा पाउनु भयो उपचार पनि सहजनै भयो तर हामी जस्तो गरिव जनताले काल पर्खिनु वा घरखेत बेचेर उपचार गर्नु बाहेक अरु केहि छैन । अहिले सरकारले प्रदान गरिरहेको मिगौलाको डायलासिस सेवा विरामीको संख्याको तुलनामा निकै कम रहेको कुरा सञ्चारमाध्यमहरुले पनि लेख्दै आइरहेका छन । साच्ची म जस्ता मध्यम बर्गका मानिष १५÷२० लाख ऋण लिएर आफ्नो मिर्गौला फेर्न सक्ने अबस्थामा छैनौं । यो क्षमतालाई ब्यापक बृद्धि गरौं अनि धेरैले भन्दै आइरहको अंक दानको नितीलाई पनि परिमार्जन गरि केहि सहज बनाउ । यति भनिरहदा दुई छाक खानकै लागी अबैध रुपमा आफ्नो अंग दिनेहरुको लागी पिडा होला त्यस्ता विकृतिहरुलाई पनि नियमन गर्ने गरि कानुनको विकास गरौं ।

नेपाल यस्तो देश बनोस जहाँ कोहि पनि रोग लागे पछि उपचार नपाएर ज्यान गुमाउन नपरोस । हामी सँग भएको स्रोत साधनले यो सम्भव पनि छ । प्रधानमन्त्री ज्यू आफु यस्तो जटिल परिस्थितिबाट निको हुनु भएको छ अब हजुरले हजुर जस्तै हजारौै मिर्र्गौला पिडिलको असली भावना बुझ्न सक्नुहुने छ र शक्तिशाली हजुरको सरकारले यो सम्बन्धी ठोस निर्णय लिने छ भन्नेमा हामी सारा नेपाली आशावादी रहेका छौं ।

प्रतिक्रिया