चोटिला शब्द संयोजन सहित कस्तुप पन्तको नयाँ गीत - पानी दोभानको

काठमाण्डौ । चर्चित तथा लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्त नयाँको गीत पानी दोभानको भर्खर मात्र सार्वजनिक भएको छ  । गीत सार्वजनिक भएको छोटो समयमै दर्शकले निकै मन पराइरहेका छन भने सामाजिक सञ्जालहरूमा समेत गीत निकै चर्चामा रहेको छ । 

गीतलाई गायक तथा सर्जक पन्तले निकै उत्कृष्ट शब्द तथा सुमधुर लय सिर्जना गरेका छन । उनलाई आवाजमा भने गायिका सुनिता बुढाले साथ दिएकी छन । यो गीतमा पन्तले आफ्नो गायकी पनलाई निकै निखारेका छन । 

माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा काजिश श्रेष्ठले निकै कलात्मक निर्देशन गरेका छन भने गीतमा लोमश शर्मा र जुना SD ले दमदार नृत्य प्रस्तुत गरेका छन । रमेश सेञ्चुरीको संगीत संयोजन रहेको गीतलाई कस्तुप पन्तको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया