• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

बाग्लुङकी बाल गायिका दीपिका कँडेलले गाईन सबैलाई चकित पार्ने गीत साथ दिए मेक्समले

काठमाडौं । बाग्लुङकी बाल गायिका दीपिका कँडेलले निकै सुमधुर आवाजमा गीत गाएर सबैलाई चकित परेकी छन् । नरेश खातीको शब्द, संगीत रहेको उक्त गीतमा बाबाछोरीबिचको माया सम्बन्धलाई कथा बनाईएको छ ।

गीतमा सानी छोरीलाई आमाबाबा दुवैको माया बाबाले दिएर त्यहि छोरीको सहारामा बाँचेको कथालाई मुख्यरुपमा उठान गरिएको छ ।

बाबाछोरीनै एकअर्काको सहारा र संसार बनेका तर छोरीको बिबाहपछि अर्कैको घरमा जाँदा बाबा एक्लै र छोरीलाईपनि पराई घरमा जान निकै गाह्रो भएको मिठो कथालाई कलाकार दिलिप रायमाझी, टिकटक भाइरल एभेलीना खड्का र दिया जीसिले अभिनयमार्फत् उतारेका छन् ।

गीतमा मेक्सम खाती र माण्डबी त्रीपाठी र दिपिका कँडेलको आवाज रहेको छ । क्रान्ती केसीको निर्देशन रहेको गीतलाई दिपिका म्युजिकको अफिसियल युट्युवमार्फत बजारमा सार्वजनिक गरिएको हो । गीतले सबैको मन जितोस हाम्रो शुभकामना ।

प्रतिक्रिया