चिनबाट नेपाल आएका सबै विद्यार्थी सरक्षित,कसैलाई पनि छैन भाइरस संक्रमण

चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ।

बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै १ सय ७५ नेपालीमा संक्रमण नदेखिएको पुष्टि गरेको हो। वुहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो।

नमूना संकलन गर्न मात्र चार घण्टा लागेको थियो। क्वारेन्टाइनमा बसेकाहरूको दुई पटक स्वास्थ्य परीक्षण गरिने भनिएको छ।

जसमा एउटा परीक्षणको नतिजा आज आएको छ भने अर्को परीक्षण चौंधौ दिनमा गरिनेछ। वुहानबाट उद्दार गरेर ल्याइएकाहरू अहिले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका छन्। उनीहरूलाई गत आइबार बिहान वुहानबाट काठमाडौं ल्याइएको थियो।

प्रतिक्रिया