• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय ,
  • समाचार

अमेरीकाबाट सर्जक नवराज पन्तको आधा मुटु हराउँदा लोकदोहोरीमा चर्चा

निकै कम मात्र आफ्नो कलम गीत संगीतको लागी चलाउने लोकप्रिय सर्जक नवराज पन्तले सिर्जना गरेका हरेक गीतमा फरक पन मात्र हुँदैन विषयबस्तु समेत नयाँ हुन्छ ।

यसै कारणले पनि उनका हरेक गीतले दर्शकको मुटुमा डोव बनाउछन् । अर्थात पन्तका शब्दले सबैको मन छुने गर्दछ । करिव ६ करोड दर्शक नजिक रहेको सालको पात गीतका सर्जक पन्तले सिर्जना गरेको नयाँ गीत चाँदी कहाँ होलाले समेत सबैको प्रशंसा बटुलिरहेको छ ।

गीत चर्चित हुनको लागी शब्दको समेत महत्वपुर्ण भुमिका हुन्छ तर शब्दले मात्र गीत उत्कृष्ट हुन्छ भन्नु पनि गलत हुन्छ । सबै पक्ष उत्कृष्ट भए पछि मात्र गीत सर्वोत्कृष्ट बन्छ र यस्ता सिर्जनाले सबैको मन जित्छ ।

कतिपय नवराज पन्तका सिर्जना ओझेलमा पनि परेका छन्, त्यसका कारण अन्य पक्ष सँग पनि जोडीएको हुन्छ तर शब्दलाई मात्र हेर्ने हो भने पन्त सँधै सुपर हिटनै छन ।

अब कुरा गरौै भर्खर मात्र सार्वजनिक भएको गीतको । निकै मेहनतका साथ म्युजिक भिडियो र सुमधुर आवाज भरिएको सो गीतको सम्पुर्ण पक्ष निकै दमदार रहेको छ । गीतलाई सञ्जु न्यौपाने र रविन लामिछानेले निकै उत्कृष्ट आवाज दिएका छन भने प्रकाश पराजुलीले लय सिर्जना गरेका छन । पछिल्लो समय निकै चर्चामा रहेका संगीत संयोजक कृष्ण विकले संगीत संयोजन गरेको सो गीतलाई युवा निर्देंशक मौषम हिमालीले निर्देशन गरेका छन ।

गीतको म्युजिक भिडियो समेत दमदार रहेको छ । गीतमा ओवी रायमाझी, दुर्गेश थापा,जुना गुरुङ र निशा न्यौपानेले अभिनय गरेका छन । गीतलाई नयाँ च्यानलबाट सार्वजनिक गरिए पनि दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

गीतलाई पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया