जनताको सोझो बुझाई – कि महरा कित रोशनी, एकलाई जेल हुनै पर्छ

सबैको घरमा दर्शैंको रौनक छाइरहेका बेला पुर्व सभामुख कृष्णबहादुर महरालाई भने आफुले टेकेको जमिनै भासिने खवरले छाँगाबाट खसेझै बनायो । यहि खवरले उनलाई गत असोज १९ देखि फागुन ५ गते सम्म जेल कालरातहरुमा चिसोे बास गरायो ।

करिव तिन महिना चानचुन जेल जीवन विताएका महराको पिडा र उनको भावना बुझ्न तपाई हामीलाई कठिन हुन्छ किन भने कतिपय पिडाको महशुस त्यो बेला मात्र गर्न सकिन्छ जुन बेला त्यो पिडा तपाई आँफैलाई पर्छ । महराको पिडा आफ्नो ठाँउमा छ त्यस माथी उनको परिवार र नालनातामा कति पिडा भए होला, कल्पना गर्न सक्नु हुन्छ ।

फागुन ५ गते बेलुका महरा आफ्नो दैलो टेके पछि शान्तीको सास फेर्न पाए वा पाएन त्यो आफ्नो ठाँउमा छ तर उनलाई यो अवधिमा लागेको गहिरो घाउमा खाटा बस्न भने पक्कै केहि बर्ष लाग्ने छ र त्यो घटनाले महरालाई  जिवन भर पिछा गरिरहने छ ।

विषय प्रवेश गरौं –
म नियम कानुनको ज्ञाता होइन,तपाई हामी साधारण जनताले कुनै घटना माथी जस्तो धारणा बनाउँछौ त्यहि धारणा मेरो पनि छ र त्यो मेरो धारणाले गम्भीर प्रश्न पनि खडा गरेको छ । मेरो मात्र होइन आम सर्वसाधराण्हरुको यो घटनाको विषयमा यस्तै धारणा छ । कुरा उठाँन गरौं महरा यो काण्डमा फसिनु वा फसाउनुको पछिको कस्को हात छ भन्ने विषयबाट । धेरैले यो घटनालाई एम.सी.सी सँग पनि जोडेर हेरेका छन । उनीहरुको तर्क सुन्दा हो कि जस्तो पनि लाग्छ तर त्यो बाटो त्यति पत्ताइहाल्ने खालको पनि छैन । हुन त राजनितिमा जे पनि सम्भव छ भन्छन कुरा लख काटे जस्तै पनि हुन सक्छ ।

महराको हाइट र उनलाई लागेको आरोप के कपोकल्पीत थियो ? या घटनामा जे जस्तो कुराहरु बाहिर आएका छन वा तपाई हामीले सुनेका छौं के त्यस्तै थियो ? अव कुरा रोशनीको गरौं,रोशनीले यो घटना पछि जुन प्रकारको बयान दिएकी छन त्यसबाट के प्रष्ट हुन्छ ? के उनले लगाएका आरोप सबै गलत थिए ? के उनले भिडियोमा बोलेका कुरा सबै फेक थिए ? सिँगो प्रहरी प्रशासन मात्र होइन सरकारी वकिलको कार्यालय समेत महरा फसाउन लागेको थियो ? यदि हो भने आरोप लगाउनेहरु पनि कडा भन्दा कडा सजाएँको भागीदार हुनै पर्छ । महरालाई जुन हाइटबाट रोशनीले खसालीन त्यो बज्रपात दिलाउने उनी महरा निर्दाेशन सावित भए सँग दोषी हुने पक्का पक्की हुन पर्ने होइन र ? भोली अर्को कसैलाई अरु कसैले यस्तै आरोप लगाउला उसको जीवन ध्वस्त पार्ला अनि पछि आरोपी निर्दोष सावित होला ? यो घटनाक्रम दोहोरीदै गयो भने त्यसले समाजमा कस्तो असर पार्ला ? यो अदालतले पनि प्रष्ट पार्नु जरुरी छ । अदालतले आफ्नो प्ुर्ण फैसलामा सबै कुरा भन्ला तर हामीले यकिनका साथ भन्न सक्ने कुरा के हो भने यो काण्डमा महरा र रोशनी दुवै निर्दोश हुन भने सक्दै सक्दैनन् ।

महरालाई अदालतले निर्दोष भनेको छ । यो विषयमा हाम्रो बोल्ने हैषियत छैन,तर निर्दोष महारालाई गम्भीर आरोप लगायर फसाउने रोशनीलाई दोषी नभनेकोमा अदालतमाथी पनि प्रश्न उठेको छ ।

नजिर –

अदालतको फैसला पछि धेरैले आफ्नो धारण राखेका छन । महरा निर्दोष थिए छुटे,कोहि भने अदालतमाथीनै प्रश्न चिन्ह लगाइरहेका छन । यदि यो विषय यहि अन्त्य भयो भने यसको दुरगामी असर पक्कै पर्ने छ । यस्तो नजिक भए पछि आफ्नो स्वार्थ पुरा नभए पनि आरोप लगाइ हाल्ने र उसको जिन्दगी सखाप बनाइदिने कालले जरो गाड्ने छ । त्यसैले पनि यो विषयलाई गम्भीरताका साथ हेरिनु पर्छ ।

नेपालको कानुनले बलत्कारको विषयमा महिलाको बयानलाई वा उनको अभियोगलाई ठुलो प्रमाणको रुपमा लिन्छ तर यसरीनै एकले अरोप लगाउने अर्को निर्दोष सावित हुँदै जाने साथै आरोप लगाउने पनि खुलेआम घुम्दै हिड्ने नजिरले बास्तविक यस्ता पिडामा पर्ने महिलाहरुको लागी पनि न्यायको दैलो सम्म जाने बाटो कठिन बनाइदिने छ ।

अन्त्यमा,
महराको विषयले पारेको उनको परिवार र रोशनीको यो घटना पछि परेको परिवारको विचल्ली विच उनीहरुको पिडालाई महसुश गर्दै यो घटनाक्रममा महरा र रोशनी दुवै निर्दोश र दुवै लाई कानुनले छुट दिन सक्न वाताबरण भने अवश्य आँउनु हुँदैन । यो घटनामा कानुनले तोके बमोजिम कि त महरा कि त रोशनीले जेलेको चिसो हावा खानै पर्छ,कि हैन र?

प्रतिक्रिया