केहि दिन पहिला मात्र सार्वजनिक भएको निकै उत्कृष्ट गीत पासपोर्ट हरियोले छोटो समयमै दश लाख भन्दा धेरै दर्शक बनाउन सफल भएको छ । यो सँगै निमार्ण युनिट समेत निकै खुसि बनेको छ ।
बैदेशीक रोजगारको विषयलाई लिएर तयार पारिएको सो गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने गीतलाई गणेश अधिकारीले लय तथा शब्द सिर्जना गरेका छन । अत्यन्तै मार्मिक सो गतिलाई गणेश अधिकारी र अस्मिता बुढाथोकिको आवाज रहेको छ ।
सोहि क्रममा अडियो तथा भिडियो पनि पुर्ण रुपमा सार्वजनिक नहुँदै सामाजिक सञ्जालमा हिट भएको “पासपोर्ट हरियो” सार्वजनिक भएको छ । टिक टक, फेस्बुक लगायत अन्य सामाजिक सञ्जालमा धेरै दर्शकले मन पराएको उक्त गीतको भिडियो सार्वजनिक भएसंगै दर्शकहरु खुसी भएका छन् । गीतमा सर्जक अधिकारीकै लय, शब्द तथा उनको र अस्मिता बुढाथोकीको स्वर, सारिका केसी र राजन विकको अभिनय रहेको छ ।
अधिकारीको “पासपोर्ट हरियो” गीतमा विहे गरि वैदेशिक रोजगारमा जाँदा श्रीमतीसंग छुट्न नसकेको अवस्थालाई यथार्थ पुर्वक व्यक्तगरिएको छ । जसमा श्रीमान र श्रीमती विदा हुन नसकेको दयनिय अवस्था देख्न सकिन्छ । साच्चिकै विहेपछि आफ्नो जन्म घर छाडेर श्रीमानको घरमा गएका महिलाहरुलाई छाडेर विदेश जाँदा उनीहरुलाई परेको पिडालाई झल्काईएको छ । त्यस्तै श्रीमानले पनि आफ्नो बुवा आमालाई छाडेर श्रीमतीलाई घर धान्न भनी छुट्टिएर बैदेशिक रोजगारका लागि विदेश जाँदाको वियोगलाई चित्रण गरिएको छ ।