• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

आफ्नै सिर्जना लालुमैलाई टक्कटर दिन शिवको अर्को दमदार सिर्जना निउरो,विमल र सिताको आवाजमा कमाल – भिडियो सहित

नेपाली लोकदोहोरीका सुप्रसिद्ध सर्जक शिव हमालको अर्को कालजयी गीत निउरो भर्खर मात्र सार्वजनिक भएको छ । पछिल्ला बर्षहरुमा एक पछि अर्को हिट गीत मार्फत आफ्नो परिचयलाई फराकिलो बनाउदै गइरहेका सर्जक हमालको यो सिर्जना समेत निकै उत्कृष्ट रहेको छ ।

हमालले आफ्ना सिर्जनामा नव प्रतिभाहरुलाई स्थान दिँदै आइरहेका छन यसै अवसरमा यो पटक आवाजमा जाँदु भएका दुई नव कलाकार सिता श्रेष्ठ र विमल परियारले अवसर पाएका छन । उनीहरुले गीतलाई निकै न्याय गरेर गायका मात्र छैनन् सोहि अनुसारको भावमा समेत आफुहरुलाई ढालेका छन ।

आफ्नो सुपरहिट गीत लालुमै जत्तिको दमदार उनको यो गीतलाई दर्शक स्रोताले कत्तिको मन पराउने छन त्यो भने समयले र दर्शकले बताउनुहुने छ । गीत सार्वजनिक नहुँदै चर्चा चुलिएको थियो ।

सामाजिक सञ्जाल टिकटक लगायत अन्य मिडियामा समेत गीतलाई सबैले चर्चा गरेका थियो । गीतको म्युजिक भिडियोमा विगतमा जस्तै प्रकाश भट्टले यो पटक पनि निकै मेहनत गरेका छन उनको निर्देशकीय कला गीतमा प्रष्टै देख्न सकिन्छ ।

शिव हमालको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा नम्रता श्रेष्ठ र सुवास खतिवडाको अभिनय रहेको छ भने आशिष अविरलले गीतको संगीत संयोजन गरेका छन ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया